सिनेमा क्षेत्रमा शनि र शुक्रको प्रभाव : ज्योतिष हरिहर अधिकारी

सिनेमा क्षेत्रमा शनि र शुक्रको प्रभाव : ज्योतिष हरिहर अधिकारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – युवा ज्योतिष हरिहर अधिकारी पछिल्लो समय सिनेमाको कथा लेखन तथा अभिनयमा पनि सक्रिय बन्दै गइरहेका छन् । हरिहर अभिनीत पहिलो सिनेमा ‘शुभलभ’ गतवर्षको चैत्र १५ गतेबाट प्रदर्शनमा आएको थियो । तर, त्यो सिनेमा बक्सअफिसमा सफल हुन सकेन । हरिहर भने आफ्नो पहलो प्रयास सफल भएको मान्दछन् ।

मैले कुनैपनि काममा हात हालिसके पछि त्यसलाई निरन्तरता दिने गरेको छु । आगामी दिनमा राम्रो टिम र ब्यानर हेरेर काम गर्ने सोच उनको छ । अहिले पनि उनको हातमा ३ ओटा सिनेमाको कथा परेको छन् । तर, उनी राम्रो टिम र व्यानर हेरेर मात्रै काम गर्ने सोचमा रहेकाले कुनमा काम गर्ने भन्ने पक्का गरि नसकेको बताउँछन् ।हरिहरले द सिनेमा टाइम्ससँगको कुराकानीमा बर्ष २०७६ मा सिनेमा क्षेत्र कस्तो रहने छ भन्ने बारेमा भविष्यबाणी गरेका छन् । ‘यो वर्ष शनि र शुक्र ग्रहको प्रभाव रहेको छ । शनि र शुक्र जहिले पनि एकअर्काको विपरित रहने भएकाले यो वर्ष नेपाली सिनेमाको प्रभाव नेपालमा भन्दा अन्र्तराष्ट्रिय स्तरमा निकै राम्रो रहने छ । भने, केही नेपाली सिनेमाका निर्माता तथा निर्देशकले अन्र्तराष्ट्रिय ब्यानरसँग सहकार्य गर्ने योग देखिन्छ ।’‘नेपाली बक्सअफिसमा भने यो वर्ष एक्सन, लभस्टोरी तथा कमेडी कथावस्तुमा निर्माण भएका सिनेमाभन्दा समाजसँग नजिक रहेर निर्माण गरिएका सामाजिक कथावस्तुका सिनेमाको दबदबा रहेने भविष्यबाणी हरिहरले गरे । यसका साथै बलिउड र हलिउडका सिनेमा प्रदर्शनको विषयलाई लिएर हलसञ्चालक, वितरक र निर्माताको विवादले केही समय सम्पुर्ण हल बन्द हुनसक्छन् । यो सवै शनि र शुक्र ग्रहको प्रभावले हुनेछ । तर, विस्तार सवै कुरा साम्य हुँदै जानेछन् । सिनेमा निर्माण र प्रदर्शनको अवस्था पहिलेकै अवस्थामा आउनेछ ।

हरिहर भन्छन्, ‘मैले भनेका सवैकुरा मिल्छ भन्ने छैन् । मेरो भविष्यबाणीले जे देखायो त्यही भनेको मात्रै हो । त्यसैले भविष्यबाणीका साथै आफ्नो कर्ममा पनि विश्वास गर्न मेरो आग्रह छ । म एउटा ज्योतिष भएका कारण असल र खराव समय मात्रै छुट्याउन सक्छु । यो नै हुन्छ भनेर ठोकुवा गर्न मैले सक्दैन, उनले भने ।