‘मिस्टर नेपाली’मा हिरो र भिलेन बन्दै भुवन केसी

‘मिस्टर नेपाली’मा हिरो र भिलेन बन्दै भुवन केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ सिनेमा ‘मिस्टर नेपाली’को आज राधानीमा आयोजीत एक कार्यक्रमका विच औपचारिक घोषणा गरिएको छ । सिनेमाको छायांकन पनि आजैबाट सुरु भएको निर्माण टिमले आयोजीत पत्रकार सम्मेलनमा जारकारी गराइयो । नवलपरासीमा यो सिनेमाको छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको सिनेमामा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ ।यो सिनेमामा अभिनेता भूवन केसी र अभिनेत्री रीमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । लामो समय पशचात सिनेमाको पर्दामा कमव्याक गर्न लागेका भुवन केसी दोहोरो चरित्रमा देखिदैछन् । उनका अनुसार, सिनेमामा उनी खलनायक र नायकको भूमिकामा देखिन लागेका हुन् । यता अभिनेत्री रीमा विश्वकर्माले अभिनेता भूवन केसीसँग पर्दा शेयर गर्न पाउँदा खुशी लागेको बताइन् ।सिनेमामा भुवन केसी र रीमा विश्वकर्माका अलवा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । यही सिनेमाबाट नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले डेव्यु गर्दैछन् ।निर्देशक भुषालले भने–‘सिनेमाले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्नेछ । यो विशुद्ध मनोरञ्जनात्मक सिनेमा हो । तर, यसले विशेषगरि विदेशमा रहेका नेपालीहरुमा नेपालप्रतिको मायालाई झल्काउनेछ ।’सिनेमामा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । सिनेमाका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् । सिनेमामा लामो समयपछि देखिन लागेका नायक भूवन केसीले भने–‘मलाई सधै नै फरक भूमिका गरौं भन्ने लाग्थ्यो । यसपटक सिनेमामा म खलपात्रको भूमिकामा देखिदैछु । यसैले नै काम गर्न लागेको हुँ ।’