भाद्र २० मा रिलिज हुने भयो निता र प्रज्वलको ‘सोच’

भाद्र २० मा रिलिज हुने भयो निता र प्रज्वलको ‘सोच’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निता ढुगांना स्टारर एक्शन लभस्टोरी सिनेमा ‘सोच’को फस्र्टलुक पोष्टर सार्वजनीक गरिएको छ । पुजन सिंह (प्रभाकर प्रकाश)को लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको पोष्टर रिलिजसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । अब यो सिनेमा आगामी भाद्र २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको सिनेमाको सार्वजनीक तीन डिजाइनका पोष्टरमा अभिनेताद्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ । सार्वजनिक एक पोष्टरमा निता र प्रज्वललाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । भने, अन्य दुई पोस्टरमा कलाकारलाई एक्सन अवतारमा देखाइएको छ ।

सिनेमालाई गंगा रजक प्रकाश र एस.डीले मिलेर निर्माण गरेका हुन् । ‘सोच’मा प्रज्वल गिरी,नीता ढुगांनाका अलवा सिंह (प्रभाकर प्रकाश), बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारको अभिनय रहेको छ ।कृष्ण आचार्यको पटकथा तगा संवाद रहेका सोचमा एनबि महर्जनको द्धन्द्ध निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन रहेको छ । सिनेमाले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजन बताउँछन् । सोचलाई आरआर फिल्मस्ले बितरण गर्नेछ ।