लण्डन र पोर्चुगलमा गरियो ‘ए मेरो हजुर ३’को प्रिमियर

लण्डन र पोर्चुगलमा गरियो ‘ए मेरो हजुर ३’को प्रिमियर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गतवर्षको सुपरहिट सिनेमा ‘ए मेरो हजुर ३’को पोर्चुगल र लण्डनमा प्रिमियर गरिएको छ । नेपालमा बम्पर व्यापार गरेको सिनेमाले युरोपका प्रदर्शनका थुप्रै शोज् हाउफुल भएका छन् । यो सिनेमाको विदेश प्रदर्शनको लागी यतीवेला निर्देशक झरना थापा र सुहाना थापा युरोपमा छन् । थापा परिवारको उपस्थीतीमा त्यहाँ प्रिमियर शोको आयोजना गरिएको हो ।आज मात्रै ‘ए मेरो हजुर ३’को पोर्चुगल र लण्डनमा शो सम्पन्न भएको छ । उक्त शोज्मा निर्देशक झरना थापा र सुहाना थापा उपस्थीत भएका थिए । सिनेमाको शोज्मा निर्देशक थापासँगै डेव्यु अभिनेत्री सुहाना थापा आर्कषण केन्द्र बनिन् । उनलाई डेव्यु सिनेमाबाटै स्टार अभिनेत्रीको रुपमा हेरिएको छ । सिनेमामा सुहानाको अभिनयलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।सुपरस्टार अनमोल केसीसँग जोडी बाधेकी सुहानाले पहिलो सिनेमाबाटै निकै राम्रो फ्यान फ्लोइङ्ग बनाएकी छन् । यो सिनेमालाई विशेष गरी युवा वर्गका दर्शकले निकै रुचाएका छन् । ‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रेयर राई, रश्मी भट्ट, विशाल पहाडी, अर्पण थापा, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यो अभिनेत्री झरना थापाको दोस्रो निर्देशकिय सिनेमा हो ।