हङकङेली दर्शकहरुबाट ‘विर विक्रम २’लाई उत्कृष्ट प्रतिक्रिया !

हङकङेली दर्शकहरुबाट ‘विर विक्रम २’लाई उत्कृष्ट प्रतिक्रिया !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेष्ठ ३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘विर विक्रम २’को विदेश प्रदर्शन हङकङबाट सुरु गरिएको छ । सिनेमाले हङकङेली दर्शकहरुबाट राम्रो तारिफ पाएको छ । मित्रता, प्रेम र बदलाको कथा बोल्ने सिनेमाले हङकङका दर्शकहरुले निकै मन पराए । हिमाली जिल्लाका सुन्दर र मनमोहक दृश्यलाई पनि दर्शकले निकै राम्रो बताए । उपस्थित दर्शकहरुले निर्देशक चाम्स र कलाकारहरु पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङको अभिनयको खुलेर तारिफ गरे ।हङकङको डब्ली डिजिटल सिनेमा घर वाम्पोमा ‘विर विक्रम २’ प्रर्दशन गरिएको थियो । हङकङमै रहेर संञ्चारकर्ममा कार्यरत अनोज रोक्का, बिनोद बस्नेत र सुनिल मल्लले सिनेमा प्रर्दशनको जिम्मा लिएका थिए । आयोजक मध्येका एक अनोज रोक्का भन्छन्,- ‘हङकङमा नियमित सिनेमा प्रदर्शन गर्न सक्ने हो भने, दर्शकले राम्रै साथ दिने बुझिन्छ, आगामी दिनमा पनि यहाँका दर्शकको अपेक्षा र इच्छा अनुसारका सिनेमा प्रदर्शनमा ल्याउनेछौं ।’रोक्का हङकङमा बसेर लामो समयदेखि पत्रकारिता तथा नेपाली सिनेमा हङकङमा लिएर त्यहाँका दर्शकहरुलाई देखाउने कार्य नियमित रुपमा गर्दै आएका छन् । यो सिनेमामा पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, र बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । मिलन चाम्सले निर्माण तथा निर्देशन गरेको सिनेमालाई सुदीप बरालले छायाँकन गरेका हुन् । राजनराज सिवाकोटी, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बुको संगीत रहेको सिनेमालाई बनिष शाहले सम्पादन गरेका हुन् ।