असार १३ मा यशराजको ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’

असार १३ मा यशराजको ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को सार्वजनिक प्रदर्शन असार १३ गतेदेखि प्रारम्भ हुने भएको छ ।

प्रदीप खड्गीले सिनेमालाई निर्देश्ँन गरेका हुन् । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो सिनेमा लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । ‘ऐतिहासिक सिनेमा निर्माण गर्ने वर्षौंको सपना बल्ल साकार भयो ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित सिनेमा ‘कीर्तिपुर’ विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वस“गको समन्वयमा निर्माण्ँ गरिएको हो । कला निर्देश्ँक केके माननधरका अनुसार सिनेमामा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो ।पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक सिनेमा निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्रायः छ । तत्कालिन अवस्थाको पुरानै शैली यो सिनेमामा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी सिनेमामा आवद्ध भएर काम गर्दै आउनु भएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गर्नुभएको छ ।

निर्देश्ँक खड्गीका अनुसार केही वर्षअघि नै प्रदर्शन हुने पर्ने यो सिनेमालाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन । राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको सिनेमालाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देश्ँक खड्गी बताउ“छन् । सेन्सर बोर्डले यो सिनेमालाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।सिनेमामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । विरेन्द्र ताम्राकार कार्यकारी निर्माता रहेको सिनेमामा प्रेम खड्गी र अनन्त श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । शंकर महर्जन र नविन जोशीले सिनेमाको छायांकन गरेका हुन् ।

https://youtu.be/MlmOGOQU5rE