द सिनेमा टाइम्स, काठमाडौं – तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को सार्वजनिक प्रदर्शन असार १३ गतेदेखि प्रारम्भ हुने भएको छ ।
प्रदीप खड्गीले सिनेमालाई निर्देश्ँन गरेका हुन् । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो सिनेमा लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । ‘ऐतिहासिक सिनेमा निर्माण गर्ने वर्षौंको सपना बल्ल साकार भयो ।
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित सिनेमा ‘कीर्तिपुर’ विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वस“गको समन्वयमा निर्माण्ँ गरिएको हो । कला निर्देश्ँक केके माननधरका अनुसार सिनेमामा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो ।
पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक सिनेमा निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्रायः छ । तत्कालिन अवस्थाको पुरानै शैली यो सिनेमामा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी सिनेमामा आवद्ध भएर काम गर्दै आउनु भएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गर्नुभएको छ ।
निर्देश्ँक खड्गीका अनुसार केही वर्षअघि नै प्रदर्शन हुने पर्ने यो सिनेमालाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन । राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको सिनेमालाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देश्ँक खड्गी बताउ“छन् । सेन्सर बोर्डले यो सिनेमालाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।
सिनेमामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । विरेन्द्र ताम्राकार कार्यकारी निर्माता रहेको सिनेमामा प्रेम खड्गी र अनन्त श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । शंकर महर्जन र नविन जोशीले सिनेमाको छायांकन गरेका हुन् ।
https://youtu.be/MlmOGOQU5rE


प्रतिक्रिया