सिनेमामा काम गर्नु पूर्व निर्माणको कोणबाट पनि सोच्नु पर्छ : नम्रता श्रेष्ठ

सिनेमामा काम गर्नु पूर्व निर्माणको कोणबाट पनि सोच्नु पर्छ : नम्रता श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठलाई थोरै तर उत्कृष्ट सिनेमामा काम गर्ने कलाकारको रुपमा चिन्दै आएका छन् । उनलाई दर्शकले महिला केन्द्रित लभस्टोरी सिनेमामा निकै रुचाएका छन् । यस्तै, अव उनै नम्रतालाई दर्शकले भाद्र ६ गतेबाट हलमा एक्सन अवतार हेर्न पाउने भएका छन् । सिनोमा ‘जाइरा’को बुधबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच टिजर सार्वजनिक गरिएको छ ।

नम्रता श्रेष्ठले अभिनय गरेको सिनेमा ‘जाइरा’मा उनको भूमिका हेरेर धेरैले प्रशंसा गरिरहेका छन् । नम्रताले यो सिनेमाका लागि आधा बर्ष नै मिहिनेत गरिन्, मार्सल आर्ट सिकिन्, जीवन मै पहिलो पटक जीम धाइन् । सिनेमाको शिर्ष भूमिकामा नै नम्रता छिन् । सिनेमाको कथा नै उनको वरिपरी घुमेको छ । बदलाको कथामा यो सिनेमा निर्माण गरिएको छ ।नम्रता श्रेष्ठ बर्षमा एउटा सिनेमा मात्र गर्छिन् । तर, उनले निर्वाह गरेको भूमिका निकै बलियो हुन्छ । नम्रताले अहिलेसम्म ‘सानो संसार’, ‘मेरो एउटा साथी छ’, ‘मिस यु’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’, ‘प्रसाद’ लगायतका सिनेमामा अभिनय गरिसकेकी छन् । उनले अभिनय गरेका अधिकांश सिनेमा महिला केन्द्रित छन् । ती सिनेमाहरु सफल पनि भएका छन् ।

जाइराको टिजर रिलिज कार्यक्रममा बोन्दै लभ स्टोरी सिनेमाबाट उदाएकी नम्रता अहिले हिरोलाई केन्द्रमा राखेको भन्दा पनि आफ्नो भुमिका पावरफूल भएको सिनेमामा काम गरिरहेको बताएकी छन् । ‘तर, अभिनेत्री श्रेष्ठले आफुले कुनै पनि सिनेमामा काम गर्दा आफूले महिला वा पुरुष केन्द्रित भनेर नहेर्ने सुनाइन् । उनले भनिन्–‘म सबैभन्दा पहिलो त स्क्रिप्ट हेर्छु । मैले त्यो कथामा काम गर्न सक्छु वा सक्दिन भनेर निर्णय लिन्छु ।’नम्रताले अगाडि भनिन्–‘मैले स्क्रिप्ट पढ्दै गर्दा त्यो कथामा आफुले अभिनय गरेको देख्न सकेँ भने गर्छु नत्र गर्दिनँ । कुनै पनि सिनेमामा काम गर्नु पूर्व आफू उक्त भूमिकामा फिट हुन आवशयक छ ।’ यस्तै नम्रताले कुनैपनि कलाकारले सिनेमामा काम गर्दा निर्माताको कोणबाट पनि सोच्न पर्ने बताएकी छिन् ।महंगो लगानीमा निर्माण भएको सिनेमामा आफूले कामै गर्न नसकेपनि हुन्छ, अफर आइहाल्यो काम गरौं न त भनेर काम गर्न नहुने नम्रताको भनाई छ । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको सिनेमामा नम्रताका अलवा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सृजना रेग्मी, सुजीता श्रेष्ठ, रेमनदास श्रेष्ठ, सम्राट मगर लगायतका कलाकारको अभिनय रहेको छ ।