रविन्द्र खड्काको २१ बुँदे चुनावी एजेण्डा सार्वजनिक

रविन्द्र खड्काको २१ बुँदे चुनावी एजेण्डा सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले यहि जेठ २५ गते नयाँ कार्यसमितिको लागि निर्वाचन गर्दैछ । जसको अध्यक्ष पदमा कलाकार सरिता लामिछाने र रविन्द्र खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । केहि दिन अगाडी मात्र सरिता लामिछानेले ५ बुँदामा आफ्नो प्रतिवद्दता प्रस्तुत गरेकी थिइन् । जहाँ, संघको भवन निर्माणदेखि संघलाई सम्पूर्ण सबै खाले कलाकारको छाता संगठन बनाउने एजेण्डाहरु समेटिएको थियो ।विहिबार उनका प्रत्यासी रविन्द्र खड्काले पनि आफ्नो २१ बुँदे एजेण्डा सार्वजनिक गरेका छन् । उनको प्रतिवद्दतामा कलाकारको वर्गिय हक हित र सुरक्षा पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै कलाकारको आर्थिक सम्बृद्धीका लागि विशेष कार्यक्रम, वृद्ध र अशक्त कलाकारका लागि आर्थिक स्तरोन्नतीको पहल, पारिश्रमिक पुरा नपाएका कलाकारको हकका लागि विशेष व्यवस्था गर्ने, कलाकर्मीहरुको वरिष्ठताक्रम निर्धारण गर्ने कार्य योजनादेखि सरकारले भर्खरै घोषणा गरेको समाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने समेत बताएका छन् ।

संघको भवन निर्माण आफ्नो लक्ष्य र उद्देश्य बताउने खड्काले कलाकारलाई पेन्सन र संघलाई सातै प्रदेशमा पहुँच पुर्याउने महासंघको अवधारणा ल्याउने एजेण्डा पनि अघि सारेका छन् । आफ्नो सिंगो प्यानल नै सार्वजनिक गर्दै रविन्द्रले कलाकार संघलाई राजनीतिबाट मुक्त बनाउने समेत बताए ।