परमिता भन्छिन्,-‘अभिनयसँगै गायन र स्कृप्ट लेखनमा पनि व्यस्त हुन्छु’

परमिता भन्छिन्,-‘अभिनयसँगै गायन र स्कृप्ट लेखनमा पनि व्यस्त हुन्छु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – परमिता आरएल राणा पछिल्लो समय सिनेमामा काम गरिरहेकी छैनन् । डेव्यु सिनेमा ’चपली हाईट २’ बाट चर्चामा आएकी अभिनेत्री परमिता आरएल राणाको करिअर सोचे जस्तो सुखद रहन सकेको छैन । डेव्यु सिनेमा ‘चपली हाइट २’ले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन् । सिनेमा रिलिज ताका परमिता र अभिनेता आयुष्मा देशराज जोशीको प्रेम सम्बन्धले नेपाली सञ्चार माध्यममा निकै चर्चा पायो ।

परमिताले अभिनय गरेका तीन सिनेमा गतवर्ष प्रदर्शनमा आए । तर, परमिता र अहिलेका हटकेक अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘रोज’बाट उनलाई निकै आशा थियो । तर, त्यो सिनेमा बक्सअफिसमा नराम्रोसँग पछारियो । यस्तै, उनको अभिनय रहेको अर्को सिनेमा ’चंगा चेट’ ले नेपाल बक्सअफिसमा राम्रो व्यपार गरेको थियो ।सिनेमाले राम्रो व्यापार गरेपनि यसको जस परमितालाई मिलेन । यद्यपि, गीतसंगीतबाट परमिताले राम्रै चर्चा बटुलेकी थिइन् । गत वर्षको चैत्रमा उनले विशेष भुमिकामा अभिनय गरेका सिनेमा ’द म्यान फ्रम काठमाडौं’ पनि रिलिज भएको थियो । तर, त्यो सिनेमा कहिले आयो गयो भन्ने नै दर्शकले थाहा पाएनन् ।

त्यसपछि परमिताले अहिलेसम्म कुनैपनि सिनेमा साइन गरेकी छैनन् । तर, उनले अभिनय गरेको सिनेमा ‘दि कर्मा’ प्रदर्शनको तयारीमा रहेको छ । यो सिनेमाको पटक पटक रिलिज मिति फाइनल गर्ने र सार्ने काम निर्माण टिमले धेरै पटक गरिसकेको छ । यसैले पनि यो सिनेमा कहिले रिलिज हुन्छ, परमितालाई नै अत्तो पत्तो छैन् । बक्सअफिसमा हिट सिनेमा दिन नसकेपनि परमिताको चार्म, अदा र सुन्दरतताको भने नेपाली सिनेमा क्षेत्रमा सधैँ हुने गर्दछ ।

बिहीवार उनले आफ्नो आवाजमा रहेको म्यूजिक भिडियो ‘क्विन’ सार्वजनिक गरेकी छन् । योसँगै परमिताले अभिनयका साथै गायनमा पनि डेव्यु गरेकी छन् । गीत सार्वजनिक कार्यक्रममा उनले आफू गएको २ वर्षदेखि सिनेमाको स्क्रिप्ट लेखनमा व्यस्त रहेको बताएकी छन् । उनी भन्छिन्, ‘यो स्क्रिप्टमा सिनेमा निर्माण गर्न निकै गाह्रो छ । किनभने, यो सिनेमाको कथाले धेरै सेटहरुको माग गर्छ ।’

यस्तै, उक्त गीत रिलिज कार्यक्रममा परमिताले आफूलाई सानैदेखि लेखनमा निकै रुची रहेको खुलासा गरिन् । उनले भनिन्, – ‘मेरो गीत क्वीनले जो जस्तो छ त्यस्तै रहने सन्देश दिन्छ । जो पनि आफ्नो ठाउँमा क्वीन हुन्छ । क्वीन हुने वित्तिकै उसलाई किङ्गको आवश्कता पर्छ भन्ने छैन् ।’ मैले केही सिनेमामा काम गरे । तर, आजसम्म मैलै कुनैपनि सिनेमामा आफ्नो क्षमता देखाउन पाइन् । त्यसैले अब म आफूलाई गायनसँगै लेखन विधामा पनि अगाडि बढाउने सोचमा रहेकी छु । हेरौं कती सफल हुन्छु, त्यो त भोलीको दिनले देखाउने नै छ, उनले भनिन् ।