‘आप्पा’को रोमान्टिक जोडी सिद्धान्त र अल्लोना (फोटो फिचर)

‘आप्पा’को रोमान्टिक जोडी सिद्धान्त र अल्लोना (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो ‘आप्पा’ । सिनेमामा ‘आप्पा’को रुपमा कलाकार दयाहाङ राईले अभिनय गरेका छन् । तर, यतीवेला दयाहाङ अर्को सिनेमा ‘कबड्डी ३’को छायाँकनमा ब्यस्त रहेकाले ‘आप्पा’को प्रचार प्रसारमा खासै समय दिन पाएका छैनन् ।

सिनेमा अन्य दुई मुख्य कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चालाई भने ‘आप्पा’को प्रचार प्रसारमा भ्याई नभ्याई छ । डेव्यु कलाकार भएकाले पनि उनीहरु सिनेमाको प्रदर्शनलाई लिएर निकै उत्साहित छन् । अनमोल गुरुङले निर्देशन गरेका सिनेमामा रुदेन सादा लेप्चाको लगानी रहेको छ । तस्वीर : निरज पन्थी