फिल्मीखबरको दशौँ बार्षिकोत्सव सम्पन्न

फिल्मीखबरको दशौँ बार्षिकोत्सव सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा सम्वन्धि अनलाइन पत्रिका फिल्मीखबर डटकमले आफ्नो दशौँ बार्षिकोत्सव मनाएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मीखबरले आफ्ना सदस्यलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्यो ।फिल्मीखबरसँग जोडिएर पत्रकारिता कर्म गरेका कृष्ण त्रिपाठी, अनुप भट्टराई, उत्सव रसाईली, बिनोद पोखरेल, बैकुण्ठ पराजुली, महेश्वर मान सिंह, बिष्णु सुवेदी, मदन रिजाल, सामिप्य तिमल्सिना, मनिष दाहाल (अन्जान), बिवेक बस्याललाई सेलेब्रेसनमा कदर पत्र प्रदान गरियो ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयको हातबाट उक्त कदर पत्र प्रदान गरिएको थियो ।हाल फिल्मीखबर डटकममा कार्यरत पत्रकार अन्जान र फोटोग्राफर बस्याललाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै, युवराज निरौला (दमक), सञ्जोक बस्याल (पोखरा), रेम बिक (पोखरा), अर्पण ढकाल (धरान), मणिराज गौतम (हेटौंडा), प्रदीप कार्की (सर्लाही), कृष्ण न्यौपाने (दमौली), श्याम सुन्दर गिरी (चितवन), बिष्णु शाही (नेपालगञ्ज) लाई पनि अतिथीहरुले दोसल्ला ओढाएर कदर पत्र प्रदान गरे ।कार्यक्रममा उपस्थित चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय निर्देशक दीपा बस्नेत, निर्माता माधव वाग्ले, गायक तथा निर्माता अर्जुन कुमार, निर्माता तथा कलाकार सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, लेखक प्रदीप भारद्वाजलगायतले फिल्मीखबरलाई सफलताको शुभकामना दिँदै अझ परिस्कृत र परिमार्जित गर्दै अगाडि लैजान सुझाव दिए ।हाल अमेरिकामा रहेका फिल्मीखबर डटकमका सम्पादक तथा प्रकाशक सुमन गैरेले सम्पादकियमार्फत् अनलाइनलाई अझ परिस्कृत र परिमार्जित गर्दै नयाँ ढाँचाको सामग्री र नयाँ क्षमताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फिल्मीखबर मिडिया प्रा.लि.की निर्देशक मञ्जु गैरे हुन् ।