‘मारुनी’ गीतमा डान्सिङ मुडमा पुष्प र साम्राज्ञी (फोटो फिचर)

‘मारुनी’ गीतमा डान्सिङ मुडमा पुष्प र साम्राज्ञी (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भदौको १३ गतेबाट रिलिज हुन लागेको सिनेमा ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । तर, यो गीतलाई लिएर यसको निर्माणपक्ष निकै उत्साहित छ । फस्टलुकबाट नै प्रशंसा पाइरहेको सिनेमा ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन् । निर्देशक नवल यो सिनेमाले दर्शकको मुटु छुने बताउँछन् ।

मंगलबार सार्वजनिक हुने सिनेमामा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ पछि जाम्न माया जामले दिपकलाई नचाउने बताउँछन् । यो गीतको भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नृत्य गरेका छन् । साथै, निर्माण टिमले एक सय बढी कोरसलाई क्लबमा नचाइएको जनाएको छ ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह सिनेमाप्रति अझै बढ्ने सुनाउँछिन् । यो गीतले बजारमा राम्रो चर्चा पाएको खण्डमा सिनेमाको व्यापारलाइ पनि ठूलो फाइदा पुग्नेछ । पछिल्लो समय गीत हिट भएको खण्डमा दर्शक हलसम्म पुग्ने अनुमान सिनेमाकर्मीले गर्दै आएका छन् ।