नयाँ कलाकारसँग काम गर्दा रमाउने साम्राज्ञी (फोटो फिचर)

नयाँ कलाकारसँग काम गर्दा रमाउने साम्राज्ञी (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साम्राज्ञी राज्य लक्ष्मी शाह पछिल्लो समयकी ब्यस्त तथा डिमाण्डेड अभिनेत्री हुन् । उनले केही समय पहिलो मात्रै मारुनीको छायाँकन सकाएकी थिइन् । भने हाल रातो टिका निधारमाको छायाँकनमा व्यस्त छिन् । एक पछि अर्को नाम चलेका व्यारको सिनेमामा काम गरिरहेकी साम्राज्ञी मंगलबार मारुनीको गीत रिलिजको लागी रातो टिका निधारमाको छायाँकन रोकेर काठमाडौं पुगेकी थिइन् ।साम्राज्ञी राज्यलक्ष्मी शाह सुपरस्टार अनमोल केसी अभिनीत सिनेमा ‘ड्रिम्स’बाट उदाएकी हुन् । यो सिनेमामा उनले निर्वाहा गरेको भूमिकापछि उनी रातारात स्टार अभिनेत्रीको रुपमा चिनिन् थालिन् । उनको क्रेज दर्शकमाझ ह्वात्तै बढ्यो । साम्राज्ञीलाई यो सिनेमाले स्टार बनायो, तर यसपछि उनले अभिनय गरेका सिनेमाबाट उनको स्टारडम र सिनेमाको व्यपारले केही स्टार अभिनेता जन्मायो ।मारुनीको गीत रिलिज कार्यक्रममा साम्राज्ञीले आफूलाई नयाँ अभिनेताहरुलाई सिकाउन पाउँदा रमाइलो लाग्ने बताइन् । साम्राज्ञी भन्छिन्,–‘नयाँ अभिनेताहरुसँग काम गर्दा निकै रमाइलो लाग्छ । म उनीहरुलाई धेरै कुरा सिकाउँछु र केही नयाँ कुरा सिक्छु पनि ।’ साम्राज्ञीले ए मेरो हजुर २ मा सलिनमान बनियाँ, इन्टु मिन्टु लण्डनमामा धिरज मगर र हाल छायाँकन भैरहेको सिनेमा रातो टिका निधारमामा अंकित शर्मासँग काम गरिरहेकी छिन् ।साम्राज्ञीले सिनेमा ‘मारुनी’ आफु र आफ्नो करियरको लागि विशेष भएको समेत बताउँछिन् । उनले, यो सिनेमाबाट आफूले दर्शकमाझ फरक स्वादपस्किएको सुनाइन् । मारुनीमा मैले आजसम्म नगरेको एकदमै नयाँ भुमिकामा काम गरेकी छु । मारुनी आगामी भदौको १३ गतेबाट महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा रिलिज हुँदैछ ।