गालीगलौज र मानहानीविरुद्द कदम चालेका हौँ – मिलन चाम्स

गालीगलौज र मानहानीविरुद्द कदम चालेका हौँ – मिलन चाम्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फिल्म ‘वीर विक्रम २’को बारेमा समिक्षा मार्फत गालीगलौज र अपशब्द प्रयोग गरिएको आरोपमा ‘मिम नेपाल’का होस्ट प्रनेश गौतम अहिले प्रहरी हिरासतमा छन् । निर्देशक मिलन चाम्सले उक्त समिक्षा मार्फत आफु, फिल्मका कलाकार र फिल्म क्षेत्रलाई पर्न गएको असरले गर्दा प्रहरीमा मुद्दा दायर गरे ।प्रनेशलाई हिरासतमा पुर्याए पछि यो मुद्दाले चर्को रुप लिएको छ । मंगलबारदेखि सरोकारवाला, सेलेब्रेटी र आम सर्वसाधारण प्रनेशको प्रक्ष र विपक्षमा उभिएका छन् । काँग्रेस नेता तथा सांसद गगन थापाले ‘प्रनेशलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ गएको’ भन्दै ‘अभिव्यक्ति स्वतन्त्रता’लाई बचाउन आग्रह गरेपछि सामाजिक संजालमा सर्वसाधारण प्रनेशको पक्षमा उत्रिएका छन् ।

सामाजिक संजालमा भैरहेको टिका-टिप्पणी गलत रहेको भन्दै यस विषयमा निर्देशक चाम्सले मुख खोलेका छन् । बुधबार उनले प्रेसमिट गरि ‘अभिव्यक्ति स्वतन्त्रता’को विपक्षमा गएर प्रनेशलाई प्रक्राउ नगरिएको बताए । समिक्षाका कारण भन्दा पनि समिक्षामा समेटिएका गाली, गलोज, विनाश र नस्लवादले व्यक्तिगत रुपमा पुर्याएको असर विरुद्द मुद्दा चलाएको उनले प्रष्ट पारे ।

‘सम्पादित भिडियो हेरेकै आधारमा यहाँ मुल्यांकन गरियो र भ्रामक खबर फैलिएको छ’ निर्देशक चाम्सले भने ‘हामीले समिक्षा गरेकै आधारमा उनलाई मुद्दा दायर गरेका हैनौ ।’उनले प्रनेशको मुद्दालाई राजनीतिकरण भएको भन्दै आफुले पत्रकार सम्मेलन गरिएको बताए । ‘प्रनेश जेलमा रहदा म खुसि छैन तर हाम्रो उदेश्य उ सुध्रियोस भन्ने हो’ मिलनले भने । उनले प्रनेशसँगको कुराकानी र उनको परिवारसँगको छलफलमा आफु सदैव सकारात्मक रहेको तर जन मानसमा भने भ्रामक किसिमले खबर पुगेको बताए । ‘म कसैलाई सजाय दिएर खुसि छैन’ उनले भने । मिलनले आफु गत सोमबार नै प्रनेशलाई छुटाउने हिसाबले प्रहरी परिसर टेकु पुगेपनि मिम नेपालका केहि सदस्यको कारण वार्ता सफल नभएको बताए ।

‘परिवारको आग्रहमा उसले गल्ती स्वीकारेर सहि बाटोमा लाग्ने बताएपछी हामीले छुटाउने तयारी नगरेका हैनौ तर मिम नेपालका सदस्यले त्यहाँ कुरा सकाउने भन्दा पनि बढाउनेमा ध्यान दिनु भयो’ मिलनले भने । रिपोर्ट्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रनेश छिटै छुट्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बुधबार ‘मिम नेपाल’का समर्थकले प्रनेशको रिहाइका लागि मुखमा कालो पट्टि बाँधेर माइतीघरमा प्रदर्शन गरेका थिए ।

नेपाली सिनेमा क्षेत्रसँग सम्वन्धित १० संस्थाको गम्भीर ध्यानकर्षण

यस्तै, बुधबार नै नेपाली सिनेमा क्षेत्र सम्बद्ध १० संस्थाले जारी ‘वीर विक्रम २’– ‘मिम नेपाल’ प्रकरणमा संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकारिताको मूल्य मान्यता ख्याल गर्न आह्वान गरेका छन् । उक्त प्रकरणले भोलीका दिनमा यो क्षेत्रलाई पार्ने प्रभावलाई ख्याल राख्दै उक्त घटनामा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुले पत्रकारिताको मूल्य मान्यता बिर्सिदा ‘वीर विक्रम २’ माथि अन्याय भएको समेत जनाएका छन् । उनीहरुले यस घटनाप्रति घोर भत्र्सना समेत गरेका छन् ।

उक्त सयुक्त विज्ञप्ती जारी गर्नेहरुमा संस्थाहरुमा निर्माता संघ, चलचित्र संघ, निर्देशक समाज, कलाकार संघ, प्राविधिक संघ, चलचित्र पत्रकार संघ, उपकरण व्यवसायी संघ, द्धन्द्ध निर्देशक संघ, नृत्य निर्देशक संघ, आदिवासी जनजाति चलचित्र महासंघ लगायतका छन् ।