प्रिमियरमा रुचाइयो ‘प्रेम दिवस’ (फोटोफिचर)

प्रिमियरमा रुचाइयो ‘प्रेम दिवस’ (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रियंका कार्की र आयुषमान देशराज जोशी स्टारर सिनेमा ‘प्रेम दिवस’को प्रिमियर सम्पन्न भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिट प्रियंका र आयुषमानसँगै केहि सिनेकर्मीले रेड कार्पेटमा पोज दिए ।

योगेश घिमिरे निर्देशित त्रिकोणात्मक प्रेमकथालाई प्रिमियरमा उपस्थित सबैले रुचाए । विशेष गरि आयुषमानले अभिनयबाट तारिफ बटुले । प्रिमियरमा प्रियंका निक्कै हट अवतारमा उपस्थित भएकी थिइन् । भने, आयुषमान सर्ट प्यान्टमा ह्याण्डसम देखिएका थिए ।

सिनेमामा प्रियंका र आयुषमानसँगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्रीकृष्ण लुइँटेलको पनि अभिनय छ । यहि सिनेमाबाट विशाल खरेलले अभिनयमा डेब्यु गरेका छन् ।

तस्विर: निरज पन्थी(आपे)