फ्राईडे रिलिज : हलमा ‘प्रेम दिवस’ र ‘झट्का’

फ्राईडे रिलिज : हलमा ‘प्रेम दिवस’ र ‘झट्का’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘प्रेम दिवस’ र ‘झट्का’ले आफ्नो प्रदर्शनमा आएका छन् । आयुष्मान देशरावज जोशी र प्रिंयका कार्कीको रियल जोडीले अभिनय गरेका सिनेमाको बिहिबार आयोजीत प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । यो शुक्रबारबाट प्रदर्शनमा आएका दुवै सिनेमा न्युन प्रचार प्रसारका बिच प्रदर्शनमा आएका छन् । ‘प्रेम दिवस]का निर्देशक योगेश घिमिरे शुक्रबारबाट दर्शकले सिनेमा हेरे पश्चात दिने प्रतिक्रियाले सिनेमाको प्रचार प्रसार हुने बताउँछन् ।

‘प्रेम दिवस’ लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । सिनेमामा ‘रियल कपल’ प्रियंका कार्की र आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेलको मुख्य भुमिका रहेको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको यो सिनेमाबाट विशाल खरेलले डेब्यू गरेका हुन् । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको सिनेमा कार्यत्रारी निर्माता सञ्जय न्यौपाने हुन् । प्रेम दिवसले मल्टिपेलेक्समा न्युन शोज् प्राप्त गरेता पनि सिंगल हलमा राम्रो पर्दा हात पार्न सफल भएको छ ।

यस्तै, आजै बाट प्रदर्शनमा आएको अर्को सिनेमा ‘झट्का’ लाई रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । उनकै कथामा सिनेमा निर्माण भएको हो । सिनेमाले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको छ । सिनेमामा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठलगायतको अभिनय छ । सिनेमामा सुरविर पण्डितको गेटअप निकै फरक छ । ‘झट्का’मा उनले नेगेटिभ भुमिका निर्वाह गरेका छन् । जीवन पराजुलीले छायाँकनको सिनेमाका निर्माता तुलसीलाल नेवा हुन् ।