‘प्रेमगीत ३’बाट मनिषले डेब्यु गर्ने, टिमले सार्वजनिक गर्यो नयाँ हिरो

‘प्रेमगीत ३’बाट मनिषले डेब्यु गर्ने, टिमले सार्वजनिक गर्यो नयाँ हिरो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छायाँकनमा जानु भन्दा अगाडी नै अत्याधिक चर्चामा रहेको सिनेमा ‘प्रेमगीत ३’ पात्र छनोटको चरणमा छ । अहिले सिनेमाको मुख्य अभिनेत्री छान्ने क्रम जारी छ । अडिसन आव्हान गरेपछि २७ सय बढी युवतीले आवेदन दिएका थिए । जसबाट उत्कृष्ट २५ छनोट गर्दै उत्कृष्ट ६ को दौडमा निर्माण पक्ष पुगेको छ । केहि दिनमै उत्कृष्ट ६ को सुची सार्वजनिक गर्ने तयारीमा रहेको निर्माण पक्षले नवनायकलाई प्रस्तुत गरेको छ ।आसुसेन फिल्मस प्रोडक्सनको व्यानरबाट मनिष राउतले डेब्यु गर्ने भएका छन् । शुकबार मनिषको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै दर्शक सामु उनको परिचय दिएको छ । सिनेमा क्षेत्रमा संघर्ष गरिरहेका मनिष अस्कर इन्टरनेशनल कलेजका विद्यार्थी हुन् । उनले दर्जनौ लघुसिनेमामा पनि अभिनय गरेका हुन् । टिमले सार्वजनिक गरेको पोस्टरमा उनि योद्दा हुन् सक्ने अनुमान लगाउन सकिन्छ । तर, निर्माण पक्षले उनको भूमिकाको बारेमा केहि बताएको छैन ।‘एक निषेध गरिएको प्रेमकथा’ भनिएको सिनेमालाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् । सिनेमाको मुख्य भूमिकामा प्रदीप खड्का रहने भए पनि निर्माण पक्षले यस विषयमा मुख खोलेको छैन । २ सय वर्ष पुरानो कथामा निर्माण हुने पिरियड ड्रामालाई सन्तोष सेन र विजय चाम्लिङले मिलेर निर्माण गर्दैछन् । छेतेन गुरुङ र मन्दिप गौतमले लेखेको सिनेमा अहिलेसम्मकै भिन्न बन्ने सन्तोषले बताएका छन् । यसपाली पहिलो र दोश्रो संस्करण भन्दा निक्कै ठुलो स्केलमा सिनेमा निर्माण हुने र नेपाली सिनेमा क्षेत्रकै एउटा उदाहरण बन्ने विश्वास निर्माण पक्षले लिएका छन् ।’प्रेमगीत ३’ नयाँ वर्ष २०७७ को अवसर पारेर चैत्र २८ गतेबाट प्रदर्शन हुनेछ ।