‘जाइरा’ टिमसँग नम्रताको ३३ औँ बर्थडे सेलेब्रेसन

‘जाइरा’ टिमसँग नम्रताको ३३ औँ बर्थडे सेलेब्रेसन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आजबाट अभिनेत्री नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । नम्रताको जन्मदिनको अवसर पारेर आज काठमाण्डौमा उनी अभिनित सिनेमा ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । भदौ ६ गते रिलिज हुने सिनेमामा अभिनेत्री श्रेष्ठको लगानी समेत रहेको छ । नायिका श्रेष्ठले जाइराको कथा मन परेकाले आफूले लगानी गरेको सुनाइन् ।सिनेमामा अभिनेत्री श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) कोे भूमिका निर्वाह गर्दैछिन् । पोष्टर रिलिज कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठको जन्मदिनको केक समेत काटिएको थियो । अभिनेत्री श्रेष्ठले आफू ३३ बर्षमा प्रवेश गरेको बताइन् । उनले आफूलाई पहिलो विस ‘राजा’ अर्थात प्रमोद अग्रहरीले गरेको खुलाइन् । यस्तै, नायक अनुप विक्रम शाहीले पनि आफूलाई राती नै बर्थ डे विस गरेको उनको भनाई छ ।नम्रताले आफूले सिनेमाको हरेक क्यारेक्टरलाई निकै महत्व दिने बताइन् । आफूले कुनै पनि क्यारेक्टरमा शत प्रतिशत दिन नसक्दा दर्शकले चिट गरेको वुझ्ने भएकाले मिहिनेत गर्ने उनको भनाई रहेको छ । सिनेमालाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । सिनेमामा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, सम्राट मगर, सुजिता श्रेष्ठ, रेमनदास श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । भने, सिनेमामा प्रनिता श्रेष्ठ निर्माताको रुपमा रहेकी छन् । सिनेमाको पटकथा तथा संवाद निर्देशक श्रेष्ठ र निरोज महर्जनले मिलेर लेखेका हुन् । जाइराको कथा स्वयंम निर्देशक आशुतोष राज श्रेष्ठको हो ।

तस्वीर : आर्यन विमली