स्क्रिप्ट लेखनको लागि कार्यशाला हुने

स्क्रिप्ट लेखनको लागि कार्यशाला हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षेनी सयको हारहारीमा सिनेमा रिलिज हुन्छन । तर, आधा दर्जनले पनि दर्शकको मन जित्न सक्दैनन् । त्यसैले नेपाली बक्सअफिस कमजोर बनेको छ । यसको मुख्य कारण कमजोर स्क्रिप्टलाई मान्छन, जसले सिनेमालाई बुझेका छन् ।यहि विषयमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले सिनेमाको स्क्रिप्ट लेखन कार्यशाला गर्ने भएको छ । आउँदो अगस्त २१ देखि २७ सम्म मकवानपुरको इन्द्रसरोवर, कुन्साल र चित्लाङ मध्ये कुनै एक ठाउँमा (पटकथा लेखन कार्यशाला) सम्पन्न गरिने कार्यक्रम संयोजक केपी पाठकले जानकारी दिए ।

‘कार्यशालामा ६० जना सम्म सहभागी गराउने योजनामा रहेका छौ र हामी आवेदनपछी सहभागी फाइनल गर्छौ’ संयोजक पाठक भन्छन् ‘अनुभवी फिल्म लेखकहरुबाट प्रशिक्ष दिईनेछ भने यो आवश्यकता देखेर नै आयोजना गर्न लागेका हौ ।’हलिउड, बलिउड र चाइनिज सिनेमा लेखकको उपस्थितिमा आयोजना हुने कार्यशालामा सहभागी हुन नेपालीले १० हजार र विदेशीले १ सय ५० डलर शुल्कको प्रावधान मिलाएको छ । कार्यशालाको सहजकर्ताको रुपमा रहेकी सिनेमा अनुसन्धानकर्ता सम्पदा मल्ल भन्छिन ‘लेखक प्राय अगाडी आउदैनन् तर उनीहरुको इफोर्ट सफलतामा कोहिभन्दा कम हुँदैन ।त्यसैले यसलाई सुधार्दै अगाडी बढाउनु पर्छ र हामी अपडेट हुनु जरुरि छ जस्तो लाग्छ ।’

सहभागी सबैले कार्यशाला अवधिभर कुनै एउटा कथा लेख्नु पर्नेछ । उक्त कथामा कार्यशाला समापन भएको दुई हप्ताभित्र सवैले पूर्ण स्क्रिप्ट बुझाउनुपर्नेछ र सो स्क्रिप्ट मध्येबाट उत्कृष्ट हुने एउटा स्क्रिप्टलाई लघु सिनेमा निर्माणको लागि यस प्रतिष्ठानले रु. एक लाख नगद प्रदान गर्ने संयोजक पाठकले बताए । यसरि निर्माण भएको सिनेमालाई नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ)को तेश्रो संस्करणमा सहभागी गराइनेछ ।