बक्सिङ्ग अवतारमा एंग्री नम्रता, ‘जाइरा’ पोष्टर रिलिज

बक्सिङ्ग अवतारमा एंग्री नम्रता, ‘जाइरा’ पोष्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठले शुक्रबार आफ्नो ३३ औं जन्मदिन मनाएकी थिइन् । राजधानीमा आयोजीत एक कार्यक्रमका विच ‘जाइरा’ टिमसँग उनले आफ्नो जन्मदिन मनाएकी हुन् । उनै नम्रताको जन्मदिनको अवसर पारेर ‘जाइरा’ निर्माण टिमले सिनेमाको पोष्टर सार्वजनिक गरेको थियो । यो सिनेमा आगामी भाद्र ६ गतेबाट अल नेपाल रिलिज हुँदैछ । यो सिनेमामा नम्रताको मुख्य भुमिका रहनुका साथै लगानी पनि रहेको छ । सिनेमाको कथा निकै मन परेकाले आफुले लगानी समेत गरेको उनको भनाई छ । सिनेमाको सार्वजनिक पोष्टरमा नम्रतालाई मिक्स मासर्ल आर्ट खेलाडीको एग्री लुक्समा प्रस्तुत गरिएको छ । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको सिनेमामा सिनेमामा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, सम्राट मगर, सुजिता श्रेष्ठ, रेमनदास श्रेष्ठ लगायतको मुख्य भूमिका छ । नम्रताले आफूले सिनेमाको हरेक क्यारेक्टरलाई निकै महत्व दिने बताइन् । आफूले कुनै पनि क्यारेक्टरमा शत प्रतिशत दिन नसक्दा दर्शकले चिट गरेको वुझ्ने भएकाले मिहिनेत गर्ने उनको भनाई रहेको छ ।कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । भने, सिनेमामा प्रनिता श्रेष्ठ निर्माताको रुपमा रहेकी छन् । सिनेमाको पटकथा तथा संवाद निर्देशक श्रेष्ठ र निरोज महर्जनले मिलेर लेखेका हुन् । जाइराको कथा स्वयंम निर्देशक आशुतोष राज श्रेष्ठको हो ।