anmol jasita

असार मसान्तबाट मध्य बानेश्वरमा नयाँ मल्टिपेलेक्स खुल्दै

असार मसान्तबाट मध्य बानेश्वरमा नयाँ मल्टिपेलेक्स खुल्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय नेपालका विभिन्न सहरमा अत्याधुनिक सुविधा सम्पन्न हल सञ्चालनमा आउन लागेका छन् । अहिलेको समयमा दर्शकले उत्कृष्ट क्वालीटीमा मँहगो पैसा तिरेर सिनेमा हेर्न हलसम्म पुग्न दर्शक हिच किचाउँदैनन् । त्यसैले नेपालमा अत्याधुनिक हल सञ्चालन गर्ने होडबाजी नै चलेको छ ।

अहिलेको समयमा सिनेमा मात्र उत्कृष्ट बनेर हुँदैन । ती सिनेमालाई देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक रहेको दर्शकको बुझाई छ । त्यसैले अहिले दर्शक सुविधा सम्पन्न हलमा मोटो रकम खर्च गरेर सिनेमा हेर्न चाहन्छन् । जसले गर्दा अहिले देशभर नै मल्टिप्लेक्स हलको क्रेज निकै बढिरहेको छ ।यसैविच, काठमाण्डौको मध्य बाँनेश्वरमा २ पर्दाको मल्टिप्लेक्स हल खुल्ने भएको छ । असारको अन्तिम साताबाट यो हल संचालनमा आउने बताइएको छ । मध्य बाँँनेश्वरमा रहेको ‘आइ प्लेक्स मल’मा यो हल संचालनमा आउन लागेको हो । उक्त मल्टिप्लेक्स हलको नाम ‘वान सिनेमाज्’ राखिएको छ । मलकै संचालकहरुले यो हल संचालन गर्न लागेका हुन् ।

यो हलमा दर्शकले बजारमा चलेको टिकट दरमै सिनेमा हेर्न पाउनेछन् । सबै भाषाका सिनेमाहरु यो हलमा रिलिज गर्ने हल सञ्चालक मध्येका एक निर्माता प्रज्ज्वल समशेर जबराले बताए । निर्माता जबराले भने–‘हो हामीले ४ सय २५ क्षमताको २ पर्दा भएको मल्टिप्लेक्स हल संचालन गर्दैछौ । जसमा २ सय १० र २ सय १५ सिट क्षमताका २ पर्दा छन् ।’

उनका अनुसार, हलमा डबी साउन्ड, फोर के प्रोजेक्शनको साथमा सुविधा सम्पन्न सिट छ । उनले अहिलेसम्म यस्तो आरामदायी सिट अरु हलमा नभएको दाबी समेत गरे । मध्य बाँनेश्वरमा हल संचालन भएसँगै यो क्षेत्रका दर्शकको अन्य स्थानमा सिनेमा हेर्न जानुपर्ने वाध्यता हट्ने विश्वास हल संचालकहरुको छ ।