प्रनेश गौतमलाई रिहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश

प्रनेश गौतमलाई रिहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘वीर विक्रम २’को बारेमा समिक्षा मार्फत गालीगलौज र अपशब्द प्रयोग गरिएको आरोपमा प्रक्राउ परेका ‘मिम नेपाल’का होस्ट प्रनेश गौतम आज प्रहरी हिरासतबाट रिहा भएका छन् । निर्देशक मिलन चाम्सले उक्त समिक्षा मार्फत आफु, सिनेमाका कलाकार र सिनेमा क्षेत्रलाई पर्न गएको असरले गर्दा प्रहरीमा मुद्दा दायर गरेका थिए । आइतबार काठमाडौं जिल्ला अदालतले मुद्धाको फैसला गर्दै प्रनेश गौतमलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै प्रहरीले प्रनेशलाई आइतबार नै रिहा गरेको हो ।