‘लभ यु हमेशा’को पोष्टरमा ऋचा र फिजासँग रोमान्टिक यशराज

‘लभ यु हमेशा’को पोष्टरमा ऋचा र फिजासँग रोमान्टिक यशराज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लभस्टोरी कथामा निर्माण भएको सिनेमा ‘लभ यु हमेशा’को फस्टलुक पोष्टर सार्वजनीक गरिएको छ । सिनेमाको पोष्टर रिलिजसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । अब यो सिनेमा भाद्र ६ गतेबाट प्रदर्शनमा आउने छ । सिनेमालाई भाष्कर प्रधानले निर्देशन गरेका हुन् ।लभ यु हमेशाका सार्वजनीक ५ पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई विशेष फोकस गरिएको छ । धर्मा क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता यवन गुरुङ हुन् । भने सिनेमामा मिलन गुरुङ सहनिर्माताको रुपमा रहेका छन् । लभ यु हमेशामा यशराज, रिचा र फिजाका अलवा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा छायाँकन गरिएको सिनेमाको केही दृश्य सिंगापुर र फिलिपिन्समा समेत खिचिदैछ । निर्देशक भास्करकै कथा, शिब ढकालको छायांकन, एनबि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ । लभ यु हमेशाको बितरण आरआर फिल्मस्ले गर्दैछ ।