पृथ्वीनारायणको भुमिका निवार्ह गर्न निकै कठिन भयो : यशराज गराच

पृथ्वीनारायणको भुमिका निवार्ह गर्न निकै कठिन भयो : यशराज गराच

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार १३ गतेबाट रिलिज हुने सिनेमा ‘कीर्तीपुरः द लिजेन्ट अफ कीर्तीलक्ष्मी’को सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । यो सिनेमा निर्माण पश्चात लामो समय सेन्सर बोर्डमा अड्किएको थियो । सेन्सर बोर्डले प्रदर्शनका लागि बाटो खोलिदिएसँगै यही असार १३ गतेबाट सिनेमा प्रदर्शन हुदैछ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा सिनेमाको कथा आधारित छ ।

सिनेमा निर्माण टिमले सोमवार राजधानीका एक कार्यक्रमका बीच नयाँ गीत सार्वजनिक गरेको हो । गीतमा कीर्तिपुर आक्रमणका दृश्यहरु समावेश गरिएको छ । निर्देशक प्रदीप खड्गीले सिनेमामा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको बताए । भिएफएक्सका कारण पनि सिनेमा प्रदर्शनमा गर्न समय लागेको उनको भनाई छ । निर्देशक खड्गी आफु र आफ्नो टिमले सिनेमा उत्कृष्ट बनाएको दावी गर्छन् ।

https://youtu.be/zMwTi1YpKCg

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनोद श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । सिनेमाका निर्माता अनन्तकुमार श्रेष्ठ हुन् । सिनेमामा यशराजले पृथ्वीनारायण शाह र हिसिलाले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन् ।गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता यशराजले ऐतिहासिक विषयमा बनेको सिनेमाको हिस्सा बन्न पाउँदा गौरवान्वित महशुस गरेको बताए । पुथ्वीनारायण शाहको भूमिका निर्वाहा गर्न निकै कठिन भएको यशराजको अनुभव छ । उनी भन्छन्, ’एक वीर योद्धाको भूमिका निर्वाहा गर्नु मेरो लागि निकै चुनौतीपूर्ण थियो । तर, मैले आफ्नो तर्फबाट सक्दो मेहनत गरेको छु, विश्वास छ दर्शकले मन पराई दिनु हुनेछ ।’ यशराज सिनेमाको प्रदर्शन र दर्शकको प्रतिक्रियाको लागी निकै उत्साहित रहेका छन् ।फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमाको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नयाँ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । अनन्तलाई सिनेमा निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । सिनेमाको छायाँकन शंकर महर्जन र नविन जोशीले मिलेर गरेका हुन् ।