‘एभेन्जर्स’ले तोड्न सक्छ ‘अवतार’को रेकर्ड, तर…!

‘एभेन्जर्स’ले तोड्न सक्छ ‘अवतार’को रेकर्ड, तर…!

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘एभेन्जर्स’ले तोड्न सक्छ ‘अवतार’को रेकर्ड, तर… देशव्यापी रुपमा विश्वका थुप्रै रेकर्ड तोड्न सफल यो सिनेमा, घरेलु बक्सअफिसमा भने ‘स्टार वार्स: द फोर्स अवकेन्स’ भन्दा निक्कै टाढा छ ।

घरेलु बक्सअफिसमा सर्वाधिक कमाउने सिनेमा  ‘स्टार वार्स: द फोर्स अवकेन्स’ हो । जसको कलेक्सन ९३६ मिलियन डलर छ । अमेरिकामा प्रदर्शनको ५२ दिन पार गर्दासम्म ‘एभेन्जर्स: इन्ड गेम’ले ८३० मिलियन डलर कमाई गरिसकेको छ । अब ‘स्टार वार्स’को रेकर्ड तोड्न अझै १०६ मिलियन डलर कमाउनु पर्नेछ ।

सिनेमाले ५२ औँ दिनमा घरेलु बक्सअफिसमा १.२ मिलियन डलर कमायो । र, ५२ औँ दिनको यात्रामा सर्वाधिक कम ‘सिंगल डे’ कलेक्सन ०.५४७ मिलियन डलर छ । यहि अनुपातको कलेक्सनले ‘स्टार वार्स’को रेकर्ड तोडिने छैन ।

विश्वव्यापी ‘अवतार’ नजिक

‘एभेन्जर्स: इन्ड गेम’ घरेलु बक्सअफिसको रेकर्डदेखि निक्कै टाढा रहेपनि विश्वव्यापी रुपमा भने ‘अवतार’को  रेकर्ड ब्रेक हुने सम्भावना कायमै राखेको छ । ‘अवतार’ले २,७८८ मिलियन डलर कमाई गरेको थियो । ‘एभेन्जर्स: इन्ड गेम’ले २,७४२ मिलियन डलर कमाई सकेको छ । अब जम्मा ४६ मिलियन डलर कमाउँदा एभेन्जर्सले अवतारको रेकर्ड तोड्ने छ ।

‘एभेन्जर्स: इन्ड गेम’ले विश्वव्यापी बक्सअफिसमा तुफान ल्याएको थियो । सुरुवाती दिनदेखि नै आक्रामक देखिएको एन्थोनी रुसो र जोय निर्देशित सिनेमाले बक्सअफिसका थुप्रै रेकर्डहरु भत्काएको थियो ।