नेपाली सिनेमाको हिस्सा बन्दा खुसी छिन् सन्नी

नेपाली सिनेमाको हिस्सा बन्दा खुसी छिन् सन्नी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीले नेपाली सिनेमा ‘पासवर्ड’को गीतमा नृत्य पस्किइन । ‘आजको साम’ बोलको गीत सार्वजनिक समेत भैसकेको छ ।गीत रिलिज भएपछि सन्नीले खुसि व्यक्त गरेकी छन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट उक्त गीतको लिंक सेयर गर्दै नेपाली सिनेमाको हिस्सा बन्न पाएकोमा उनले खुसि व्यक्त गरेकी हुन् ।

उनि लेख्छिन ‘‘नेपाली फिल्म ‘पासवर्ड’ को गीत साझा गर्न पाएकोमा म निकै खुसी छु । किनकि, तपाईंहरु मेरो नेपालप्रतिको प्रेम जान्नुहुन्छ । योसँगै मलाई नेपाली फिल्म वर्ल्डको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको छ । नेपालमा महान प्रतिभाहरुहरुको जन्म भइरहेको छ ।’

अर्जुन पोखरेलद्वारा संगीतवद्द उक्त गीतमा दुर्गा खरेलको स्वर छ । विक्रम जोशीकै शब्द लेखन रहेको गीतमा बिष्णुदेवाले कोरियोग्राफी भरेका छन् ।

सिमा गुरुङको कथामा निर्मित सिनेमालाई सम्राट बस्नेतले निर्माण गरेका हुन् । सिनेमामा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको सिनेमालाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमा भदौ २७ मा रिलिज हुँदैछ ।