‘प्रेमगीत ३’मा शिव र सुनिल पनि, बलियो बन्दै लाइनअप

‘प्रेमगीत ३’मा शिव र सुनिल पनि, बलियो बन्दै लाइनअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पात्र चयन चरणमा रहेको सिनेमा ‘प्रेमगीत ३’मा अभिनेता शिव श्रेष्ठ अनुबन्धित भएका छन् । राजेश हमालले व्यस्त सेड्युल देखाउदै सिनेमा गर्न नसक्ने भनेपछि शिवको इन्ट्री भएको हो ।

अब शिवले सिनेमामा राजाको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिनेछन् । शिवसँगै सिनेमामा अभिनेता सुनिल थापा पनि भित्रिएका छन् । जसले सिनेमाको लाइनअप बलियो देखिएको छ । सिनेमामा सुनिलको भूमिका पनि सशक्त रहेको बताइएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने सिनेमामा सन्तोषको पनि मुख्य भूमिका रहनेछ । शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, सन्तोष सेन र मनिष राउतको इन्ट्रीसँगै सिनेमा प्रति दर्शक उत्सुकता अझ गहिरो बन्दै गैरहेको छ । सिनेमामा हिरोइनको रुपमा भने नव-प्रवेशी हुनेछन् । हिरोइनको जारी अडिसनबाट उत्कृष्ट नव-प्रवेशीको छनोटमा निर्माण टिम व्यस्त छ ।आसुसेन फिल्मस प्रोडक्सनको एकल व्यानरमा निर्माण हुने सिनेमालाई ‘एक निषेध गरिएको प्रेमकथा’ भनिएको छ । २ सय वर्ष पुरानो कथामा निर्माण हुने पिरियड ड्रामालाई सन्तोष सेन र विजय चाम्लिङले मिलेर निर्माण गर्दैछन् । सिनेमालाई वर्षको अन्तिममा चैत २८ गते रिलिज गरिदैछ ।