‘लप्पन छप्पन २’ शुभ-मुर्हूत, महाशिवरात्रीमा रिलिज

‘लप्पन छप्पन २’ शुभ-मुर्हूत, महाशिवरात्रीमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २ वर्ष अगाडी रिलिज भएको सिनेमा ‘लप्पन छप्पन’को दोस्रो सिरिजको शुभ-मुर्हूत सम्पन्न गरिएको छ । बुधबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा ‘लप्पन छप्पन २’को लागि पण्डितले मन्त्र पढे ।

मुकुन्द भट्टले निर्देशन गर्ने सिनेमा असार ११ देखि मात्र फ्लोरमा जानेछ । शुभ-मुर्हुतमा निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, राजु लामा, छायाँकार पुरुषोत्तम प्रधानलगायतको टिमले क्यामरा पुजा गरे । सिनेमाको मुख्य कलाकार दयाहाङ राई र सौगात मल्ल भने कार्य व्यस्तताको कारण उपस्थित हुन् सकेनन् ।

नेपालसँगै अस्ट्रेलिया र युरोपको देशमा छायाँकन हुने सिनेमामा देवु श्रेष्ठ, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमदको पनि अभिनय रहनेछ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा सिनेमालाई चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटी मिलेर निर्माण गर्नेछन् । प्रकास कुँवर र निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा उमेश पोखरेल, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना छन् । सुरेन्द्र पौडेलको सम्पादन रहने सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

एक्सन जनरामा निर्माण हुने ‘लप्पन छप्पन २’लाई महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते रिलिजको घोषणा पनि गरिएको छ ।