एक सटमा अमिताभले दिए १४ मिनेट लामो सिन

एक सटमा अमिताभले दिए १४ मिनेट लामो सिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता अमिताभ बच्चनलाई बलिउडको महानायक पनि भन्ने गरिन्छ । ७६ वर्षीय यी अभिनेताले पुन: एकपटक आफुलाई प्रमाणित गरिदिएका छन् । खबरको अनुसार उनले छायाँकनमा रहेको सिनेमा ‘चेहरा’को लागि १४ मिनेट लामो सट दिएका छन् ।

उनको यो बहादुरीपूर्ण कामको लागि सेटमा सबैले ताली पिटेर सम्मान गरेका थिए । लगातार १४ मिनेटसम्मको सटमा अभिनय गर्नु कुनै पनि कलाकारको लागि चुनौतीपूर्ण रहन्छ । त्यसैमा ढल्किदो उमेरलाई कहिले काही स्वास्थले साथ दिदैन ।

सिनेमाको साउण्ड डिजाइनर रसेल पोकटीले ट्वीटद्वारा यस खबरको जानकारी दिएका हुन् । ओस्कार विजेता रसेलले लेखेका छन् ‘आज अमिताभ बच्चनले इतिहाँस रचिदिए । अघिल्लो दिन फिल्म ‘चेहरा’को पहिलो सेड्युलमा अमित जीले १४ मिनेटको सट एकै पटकमा पुरा गरिदिए । पुरै सेट अमिताभले हेरी मात्र रह्यो। र ताली बजाउन थाले । डियर…सर । पुरा संसारमा तपाई उत्कृष्ट ।’

यसको रिप्लाईमा अमिताभले लेखेका छन् ‘रसेल तपाई मलाई धेरै क्रेडिट दिंदै हुनुहुन्छ । यति म डिजर्ब गर्दिन होला ।’

Resul .. you give me far too much credit than I deserve or am capable of .. ?? https://t.co/wWbQTevPac

आनन्द पण्डितको निर्देशनमा फिल्माङ्कन भैरहेको सिनेमामा अमिताभको भिन्न अवतार छ । सिनेमामा अमिताभसँगै इमरान हास्मीको पनि मुख्य भूमिका छ ।