प्रदर्शनको ३४ औं दिनमा आयोजीत विशेष शोमा रुचाइयो ‘जात्रै जात्रा’

प्रदर्शनको ३४ औं दिनमा आयोजीत विशेष शोमा रुचाइयो ‘जात्रै जात्रा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनको पाँचौं हप्तामा सिनेमा ‘जात्रै जात्रा’को विशेष शोको आयोजना गरिएको छ । राजधानीमा आयोजीत विशेष शोमा सुनिल थापा, रेखा थापा, पल शाह, वर्षा सिवाकोटी, नम्रता श्रेष्ठ, सन्दिप क्षेत्री, निर्देशक हेमराज बिसी लगायत सिनेमा हेर्न विषेश शोमा पुगेका थिए । ५१ औ दिनको तयारीमा रहेको सिनेमाले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ भने स्वदेश तथा विदेशमा पनि व्यपार राम्रो छ ।

बुधबार प्रदीप भट्टराई निर्दे्शित सिनेमा ‘जात्रै जात्रा’ ३४ औं दिनमा प्रदर्शन भइरहेको छ । ‘जात्रै जात्रा’ हेरेर निस्केपछि सबैले कलाकारको अभिनय, पटकथा, प्रस्तुती र निर्देशक भट्टराईको निर्देशकीय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे । पल र वर्षाले फिल्मको केही सिनमा भावुक भएको बताए ।

रेखाले फेसबुकमा ढिलो हेरिए पनि राम्रो सिनेमा हेरेको उल्लेख गरेकी छन् । शोमा विपिन कार्की, वर्षा राउत, निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, बाल कलाकार अरविन खड्का पनि उपस्थित भएका थिए ।पछिल्लो समय विदेशमा आयोजित शोमा सहभागी भएर फर्किएका टिम मध्यका एक निर्देशक भट्टराईले दर्शकको विश्वासले जिम्मेवारी अझै बढेको महसुस गरेको बताए । ‘सिनेमा हेर्ने दर्शकको मुहारमा खुसी ल्याउन सक्नु नै हाम्रो सफलता हो’ निर्देशक भट्टराईले सुनाए ।