बोर्डले १० सिनेमा डिजिटलाईजेशन गर्दै

बोर्डले १० सिनेमा डिजिटलाईजेशन गर्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सवको अवसर पारेर नेपाली सिनेमा क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान र्पुयाएका १० जना सिनेमाकर्मीलाई ‘सिनेमाकर्मी विशेष योगदान सम्मान – २०७६’ बाट सम्मानित गर्ने भएको छ । बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु भएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ ।

यस्तै, चलचित्र विकास बोर्डले गएको एक वर्षमा गरेका कार्य्विवरण र आउँदो आर्थिक वर्षसम्म गरिने भावी योजनाबारे पनि वार्षिकोत्सवको अवसरमा प्रकाश पारिने जारी विज्ञप्तीमा भनिएको छ । तर, लामो समयदेखि रोकिएको बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने ’राष्ट्रिय चलचित्र पुरस्कार’ यस पटक पनि नहुने भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षमा सिनेमा निर्माता तथा कलाकार केशव भट्टराई केही महिना पहिले मात्रै नियुक्त भएका थिए ।नेपाली सिनेमाको इतिहास बोकेका कालजायी सिनेमालाई संरक्षण गरेर भावी पुस्तालाई सुम्पनु पर्ने दायित्व अनुरुप यसलाई डिजिटलाईजेशन गरिएको बोर्डद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । डिजिटलाईजेशन तथा रेस्टोरेशन गरिएका सिनेमाहरुका केही दृश्यहरु बोर्डको वार्षिकोत्सवको अवसरमा प्रदर्शन पनि गरिने बोर्डका अन्तर्रा्ष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जिवी गुरागाईंद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको चलचित्र विकास बोर्डले हरेक वर्ष १६ असारलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । गत वर्षबाट सुरु भएको पुराना नेपाली सिनेमा तथा वृत्तचित्रहरुलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको र अहिलेसम्म १० वटा नेपाली कथानक सिनेमाको डिजिटलाईजेशन भइसकेको बोर्डले जारी विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।