‘साङ्लो’ छायाँकन सेटबाट विराज र निकिताको लुक्स सार्वजनिक

‘साङ्लो’ छायाँकन सेटबाट विराज र निकिताको लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन स्टारर विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भैरहेको सिनेमा ‘साङ्लो’मा हाल सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा भैरहेको छ । सिनेमाको छायाँकन सेटबाट एक प्राविधिकले मुख्य कलाकार विराज र निकिताको लुक्स सार्वजनिक गरेका छन् । सार्वजनिक लुक्समा पूर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक विवाहित महिलाको भूमिकामा देखिएकी छिन् ।यस्तै, अर्को तस्वीरमा उनलाई निर्देशक तथा अभिनेता भट्टसँग धान रोप्दै गरेको अवस्थामा पनि देख्न सकिन्छ । यी तस्वीर सार्वजनिक भएसँगै अभिनेत्री चाण्डक सिनेमामा विराजकी श्रीमतीको भूमिकामा छिन् भन्ने अनुमान लगाउन सकिन्छ । डोटीमा छायाँकनरत सिनेमा ‘साङ्लो’ विवादमा समेत तानिएको छ । डोटीको जोरायल गाउँपालिकाले १० लाख रकम सिनेमालाई दिए पछि स्थानीयले विरोध गरेका हुन् ।

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले सिनेमाको टीमलाई खान, बस्न र यातायात खर्चका लागि बजेट छुट्टयाएको बताएका छन् । उनले सिनेमामा अभिनयसमेत गरेका छन् । तर, अध्यक्ष ओझाले सबैको सल्लाहमा ‘पर्यटन प्रवर्द्धन’ शिर्षकमा उक्त रकम सिनेमालाई दिइएको बताएका हुन् । सिनेमामा विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय पनि रहेको छ । यस विषयमा अभिनेता तथा निर्देशक भट्टले अहिलेसम्म मुख खोलेका छैनन् ।