सकियो ‘रातो टिका निधारमा’को छायाँकन

सकियो ‘रातो टिका निधारमा’को छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दशैँ रिलिज टार्गेट गरिएको सिनेमा ‘रातो टिका निधारमा’को छायाँकन सकिएको छ । झापा र काठमाडौँमा गरि जम्मा २९ दिनमा सिनेमाको छायाँकन सकिएको हो ।

अशोक शर्माको निर्देशनमा सिनेमाको गीतबाट छायाँकन सुरु गरिएको थियो । झापामा छायाँकन गरिएको शिर्ष गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा फिचरिङ छन् । झापाबाट सुरु गरिएको छायाँकन काठमाडौँमा आएर सकिएको निर्देशक शर्माले जानकारी दिए । कलाकारको राम्रो साथ, सहयोग र मौसमको कारण समयमै छायाँकन सकिएको शर्माले बताए ।

सिनेमाको शिर्ष गीत केहि सातामै प्रेसमिट गरेर सार्वजनिक गरिनेछ । सिनेमामा समावेश ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’को रिमेक भर्सन दर्शक माझ प्रतिक्षित छ । भव्य सेटमा छायाँकन गरिएको यस गीतमा वरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठको कोरियोग्राफी छ । यसको ओर्जिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धरले सिग्नेचर ठुम्का लगाएका थिए ।

यहि सिनेमाबाट निर्देशक शर्माको छोरा अंकितले नेपाली रजतपटमा डेब्यु गरेका छन् । सिनेमामा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय अभिनय छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा छन । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गरेकी छन् ।

सिनेमामा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।
भने, गायनमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारी छन् ।