२८ दिनमा सकियो ‘पोई पर्यो काले’को छायाँकन

२८ दिनमा सकियो ‘पोई पर्यो काले’को छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ स्टारर सिनेमा ’पोइ र्पयो काले’ को छायांकन २८ दिनमा सकिएको छ । एक गीतको छायाँकन बाँकी राख्दै शुक्रबारबाट सिनेमाको सुटिङ्ग प्याकअप भएको निर्देशक शिशिर राणाले बताए । आगामी कात्तिक ८ गते तिहारको अवसर पारेर रिलिजको तयारी रहेको छ ।

छायांकन सकिएसँगै निर्माण टिमले सिनेमाप्रति दर्शकको कौतुहलता बढाउने केही तश्विर सार्वजनिक गरेको छ । सार्वजनिक तश्विरमा पूजालाई बेहुलीको पहिरनमा देख्न सकिन्छ । भने, आकाश र सौगात बेहुलाको पहिरनमा देखिएका छन् । एक तश्विरमा आकाश र पूजालाई दुलहा दुलहीको पहिरनमा रोमान्टिक मुडमा देख्न सकिन्छ । सौगात भने एक्लै देखिएका छन् ।‘पोई पर्यो काले’मा सौगात र पूजा श्रीमान्-श्रीमतीको भूमिकामा रहेको चर्चा चलिरहेका बेला निर्माण टिमले सार्वजनिक गरेको तश्विरले पूजाको श्रीमान् आकाश हुन् वा सौगात भन्नेमा दोधारमा पारेको छ । निर्देशक राणा सिनेमा हेरेपछि दर्शकले यसको जवाफ पाउने बताउँछन् । सिनेमाको मुख्य ट्विस्ट नै यही रहेको राणाको भनाई छ । सिनेमाको कथा भने अभिनेता सौगात मल्लको वरिपरि घुमेको छ ।पूजा र सौगातले पहिलो पटक एकसाथ पर्दामा सेयर गरेका छन् । यो जोडीमा ठुलो पर्दामा हेर्न दर्शक निकै आतुर रहेको बुझाई निर्माणको छ । सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ । सिनेमाको कथा स्वयंम निर्देशक राणाले लेखेका हुन् । शिव ढकालले छायाँकन गरेको सिनेमाका गीतमा सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।निर्देशक राणा ‘पोई पर्यो काले’ कमेडी कथावस्तुमा आधारित भएर निर्माण गरिएको बताउँछन् । श्याम बहादुर थापा प्रस्तुतकर्ता रहेको सिनेमामा दिपक मनाङ्गे र अ. देवि राईको लगानी रहेको छ । ‘पोई पर्यो काले’का कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् । अर्जुन खनिया र देव तामाङ सह-निर्माता रहेको सिनेमामा तारा प्रकाश ’किम्भे’ को सम्पादन रहने छ ।