निकेशको निर्देशनमा ‘चपली हाइट ३’ बन्ने

निकेशको निर्देशनमा ‘चपली हाइट ३’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता अर्जुन कुमारले सफल सिनेमा ‘चपली हाइट’को तेस्रो सिरिज निर्माण गर्ने भएका छन् । यो सिनेमालाई फाटेको जुत्ता निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका छन् । अर्जुन र निकेशले यसअभि ‘फाटेको जुत्ता २’ निमार्ण घोषणा गरेका थिए । तर, त्यो भन्दा पहिले यही टिमले ‘चपली हाइट ३’ निर्माण घोषणा गरेको हो ।

यसअघिका दुई सिरिजमा निर्देशनको जिम्मेवारी सम्हालेका निर्देशक दिपेन्द्र के खनाल भने यसपाली यो सिरिजमा अटाउन सकेनन् । निर्देशक दिपेन्द्र के खनाल अहिले ‘आमा’को छायाँकनको तयारीमा जुटेकाले ‘चपली हाइट ३’बाट बाहिरिएका हुन् । साउनदेखि छायांकन सुरु हुने सिनेमालाई पौषमा रिलिज गर्ने लक्ष्य राखिएको छ । यो चलचित्रलाई थ्रिलर र ग्ल्यामर कथामा निर्माण गर्ने अर्जुनले जानकारी दिए ।उनले भने–‘हामीले ‘चपली हाइट’लाई जुन नौलो कथामा निर्माण गरेका थियौ । ‘चपली हाइट ३’ पनि यस्तै नौलो कथामा निर्माण हुनेछ ।’ सिनेमाका लागि अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठसँग कुरा भैरहेको छ । तर, सौगातले साउनमा समय दिन भ्याउने वा नभ्याउने दुविधाका कारण संझौता भैसकेको छैन । सिनेमामा अन्य २ नयाँ नायिका अनुबन्धित गर्ने तयारी भैरहेको निर्माता अर्जुनले जानकारी दिएका छन् ।सिनेमा ‘चपली हाइट ३’मा प्रतिक श्रेष्ठ, आमिर गौतम लगायतका कलाकारको पनि मुख्य भूमिकामा हुनेछन् । आमिर ‘चपली हाइट’का नायक हुन् । दोस्रो सिरिजमा नअटेका आमिरको तेस्रो सिरिजमा पुन: प्रवेस भएको छ । अभिनेत्री प्रियंका कार्कीलाई पनि दर्शकले अतिथी भुमिकामा देख्न पाउने निर्माण टिमको भनाई छ । ‘चपली हाइट र चपली हाइट २’ व्यापारिक रुपमा सफल सिनेमा हुन् ।