५० दिनमा सकियो विराज र निकिताको ‘साङ्लो’

५० दिनमा सकियो विराज र निकिताको ‘साङ्लो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भैरहेको सिनेमा ‘साङ्लो’को छायाँकन सकिएको छ । विराज भट्ट र निकिता चाण्डक स्टारर सिनेमा साङ्लोको सम्पुर्ण छायाँकन ५० दिनमा सकिएको जानकारी निर्माण टिमले दिएको छ । सिनेमाको सम्पुर्ण छायाँकन सकिएता पनि अहिलेसम्म को प्रदर्शन मिति भने तय गरिएको छैन् । निर्माता तथा निर्देशक भट्ट यो वर्षको जुनसुकै डेटमा पनि सिनेमा रिलिज हुन सक्ने बताउँछन् । बैशाख २४ गतेबाट फ्लोरमा गएको सिनेमाको बजेट दुई करोड माथी रहेको छ । विराजलाई तेज बहादु खड्काले साङ्लो निर्माणका लागी लगानीमा साझेदारी गरेका छन् ।बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण हुने सिनेमामा बिराज र निकिताका अलवा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमालाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् । ‘साङ्लो’ को केही दिन अगाडि डोटीमा छायाँकनको क्रममा गाउँ पालीकाले १० लाख बजेट दिएको विषयलाई लिएर विवादमा तानिएको थियो । तर यस विषयमा अहिलेसम्म अभिनेता तथा निर्देशक भट्टले मुख खोलेका छैनन् ।सिनेमाका गीतमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत भरेका छन् । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा सिनेमाको छायांकन गरिएको छ । सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहको सिनेमामा श्री श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।साँङ्लोको मुख्य सहायक निर्देशन नवराज शर्माले हुन् । सिनेमालाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराखेको निर्माता तथा निर्देशक विराजको भनाई छ । एक्सन-लभस्टोरी जनराको ‘साङ्लो’ लाई विराजले भोजपुरी र हिन्दीमा पनि डब गरिने जानकारी सिनेमाको घोषणा कार्यक्रममा गराएका थिए ।