भाद्र ६ मा सरस्वतीको ‘द डार्क एण्ड लाइट’

भाद्र ६ मा सरस्वतीको ‘द डार्क एण्ड लाइट’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘द डार्क एण्ड लाइट’ को छायांकन सकिएसँगै प्रदर्शन मिति फाइनल गरिएको छ । खालिङ सिस्टर्स मुभिज प्रा.लिको ब्यानरमा निर्मित यो सिनेमा आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको हो । मंगलबार पोखरामा ‘राधा कृष्ण’ बोलको गीतको छायांकनसँगै सिनेमा सुटिङ्ग प्याकअप गरिएको छ ।

उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा डेविड शंकर तथा सरस्वती भुजेलको स्वर छ । गायिका सरस्वती सिनेमनकी निर्मात्री, निर्देशक र अभिनेत्री पनि हुन् ।उनीसँगै राजु अर्याल र पिटर खालिङले संयुक्त रुपमा निर्देशन गरेको सिनेमा समसामयिक विषयमा आधारित कथा वस्तुमा निर्माण गरिएको छ । सिनेमाले हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्ने निर्देशक पिटर बताउँछन् । उनका अनुसार, सिनेमा एक्सन, कमेडी तथा लभस्टोरी जनरामा निर्माण गरिएको छ ।सिनेमामा पिटर खालिङ र सरस्वती भुजेलका अलवा सेसुका राई, प्रिन्सा राईलगायतका कलाकारहरुको पनि अभिनय छ । कुमार महर्जनको द्वन्द्व रहेको सिनेमालाई शिव ढकाल र सविन भट्टराईले छायांकन गरेका हुन् । कमल राईले सिनेमाका गीतमा कोरियोग्राफी गरेका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक पिटर स्वयंमले लेखेका हुन् ।