पोस्टपोण्ड भयो ‘सानो मन’, असार २७ मा रिलिज हुने

पोस्टपोण्ड भयो ‘सानो मन’, असार २७ मा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सानो मन’को प्रदर्शन मिति पोस्टपोण्ड गरिएको हो छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर सिनेमा ‘सानो मन’ एकहप्ता पछाडि सरेको छ । अब यो सिनेमा असार २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । सिनेमाको प्राविधिक पाटोमा काम गर्न समय अपुग भएपछि एकहप्ता पछि सार्नु परेको निर्माण टिमले जनाएको छ ।

सिनेमाको रिलिज डेट पोन्टपोन्ड हुनुको कारणबारे जानकारी दिँदै निर्माता राजेन्द्र मानन्धरले भने ’हतारमा नराम्रो सिनेमा रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एकहप्ता ढिलो आउन लागेका हौँ ।’ सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको सिनेमामा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहेको छ ।ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा ‘सानो मन’ निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको सिनेमाको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस सिनेमालाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रीत बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । म्युजिकल लभस्टोरी रहेको उक्त सिनेमाका दुई गीत तथा ट्रेलर पनि सार्वजनिक भइसकेका छन् । जसलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।