‘प्रेमगीत ३’मा प्रेमको भुमिकामा अनुभव रेग्मी अनुबन्धित

‘प्रेमगीत ३’मा प्रेमको भुमिकामा अनुभव रेग्मी अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ वर्ष २०७६ सालको अवसर पारेर प्रदर्शनको तयारी सहित निर्माण घोषणा गरिएको सिनेमा ‘प्रेमगीत ३’ अहिले चर्चाको शिखरमा छ । निर्माण घोषणासँगै दर्शकले ‘प्रेमगीत ३’ लाई चासोका साथ हरेका छन् । सिनेमामा एकपछि अर्को भित्रिएका नयाँ तथा पुराना कलाकारका अनुबन्धित भैरहेका छन् । चैत २८ मा सिनेमाको रिलिज हुने तय भइसकेको छ । दशैंपछि ‘प्रेमगीत ३’को छायांकन सुरु हुँदैछ ।

‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले सिनेमाको कथा तयार पारेका छन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली सिनेमा क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । सिनेमामा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सिनेमामा प्रेमको अपोजीटमा काम गर्ने अभिनेत्री केही दिनमा फाइनल गर्ने निर्माण टिमले जनाएको छ ।‘प्रेमगीत’ को दुई सिरिजबाट ‘स्टार’ अभिनेताको रुपमा स्थापित प्रदीप खड्का ‘प्रेमगीत ३’ का मुख्य कलाकार हुन् । उनको बालापन अर्थात् ‘प्रेम’ को भूमिका भने बाल कलाकार अनुभव रेग्मीले निभाउने भएका छन् । उनीसँग मंगलबार साँझ निर्माण टिमले आधिकारिक रुपमा कागजी सम्झौता गरेको छ । अनुभव सुहाउने भएकै कारण सिनेमामा अनुबन्ध गरेको निर्माता सन्तोष सेनले बताए ।निर्माता सन्तोष सेन भन्छन्, ‘नाईं नभन्नू ल सिरिजबाट उदाएका एक ‘स्टार’ बाल कलाकार हुन् अनुभव रेग्मी ।’ हामी प्रेमगीत ३ मा ‘प्रेम अर्थात प्रदीप खड्काको सानो हुँदाको रोलका लागी बाल कलाकारको आवश्यकता थियो । अनुभव प्रेमको भुमिकामा अत्यन्त फिट लाग्यो र हामीले उनलाई प्रेमको भुमिकामा अनुबन्धित गरेका हौं ।’‘प्रेमगीत ३’ मा अनुबन्धित भएसँगै आफु ‘प्रेम’ को भूमिका निर्वाह गर्न निकै उत्साहित रहेको बताए । प्रेमगीत ३ आफैमा एउटा स्थापीत सिनेमा हो, उक्त भुमिकामा काम गर्न त्यती सजिलो छैन् । तरपनि म शतप्रतिसत काम गर्ने आफ्नो तर्फबाट पुर्ण प्रयास गर्ने छु । यस्तै, अनुभव ‘प्रेमगीत’ फ्रेन्चाइजमा आबद्ध हुन पाउनु आफ्नो लागि ठूलो उपलब्धि रहेको बताउँछन् ।