राजेशको परिकल्पनामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’

राजेशको परिकल्पनामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता राजेश हमालको संलग्नतामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ कार्यक्रमको आयोजना गरिने भएको छ । सिन्धुपाल्चोकमा अभिभावक गुमाएका दृष्टिबिहिन बालबालिकाहरुलाई सिपमूलक तालीम र बासस्थान निर्माणका लागि रकम जुटाउन यो कार्यक्रमको आयोजना गरिएको जानकारी आयोजक संस्थाले दिएको छ ।

सिन्धुपाल्चोक नेत्र हिन संघको सहयोगार्थ अष्ट्रेलियाको तासमनियामा रहेको तास इभेन्ट इन कर्पोरेशनले यो कार्यक्रमको अष्ट्रेलिया यात्राको तयारी गरेको हो । तास इभेन्टसले लामो समयदेखी तासमनियामा नेपाली कला र संस्कृति, भाषा, साहित्य,गीत संगीत र सिनेमाको प्रवर्धन गर्ने कार्यलाई निरन्तरता दिंदै आइरहेको जानकारी संस्थाका प्रमुख छत्र थापाले गराएका छन ।यो कार्यक्रम तास इभेन्टसले तासमनियामा जुन ३० तारिकका दिन गर्ने छ भने जुलाई ४ तारिकका दिन ब्रिसबेनमा हुने छ । ब्रिसबेनका आयोजक ब्ल्याक आइ क्रियसनका राजु कान हुन । यसै गरी जुलाई ७ तारिकका दिन गोल्ड कोस्टमा हुने छ । त्यहांका आयोजक किशोर तिवारी रहेका छन । जुलाई ८ तारिकका दिन क्विसल्याण्डको टअम्मामा हुने छ । यो शहरको आयोजक डमरू इभेन्टसका पुकार घिमिरे हुन ।

जुलाई १२ तारिकका दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा आयोजना हुन लागेको यो कार्यक्रमको सिड्नी आयोजक भने यस ह्यूमानिटीका ओमकृष्ण श्रेष्ठ र रोशन भट्टाराई रहेका छन । यो कार्यक्रमको भिसा पार्टनर एस पिपुल एण्ड भिसा सर्भिसेस रहेको छ भने ट्राभल्स पार्टनरमा एभरेष्ट ट्राभल्स एण्ड टुर्स रहेको छ । यो कार्यक्रम जुलाई १३ तारिकका दिन एडिलेटमा हुने छ । एडिलेटमा गगन गिरीले यो कार्यक्रमको आयोजना गर्ने छन भने जुलाई १४ का दिन मेलबर्नमा आयोजक संस्था तास इभेन्टले उक्त कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा महानायक राजेश हमाल, हास्यब्यग्य कवि शैलेन्द्र सिंखडा, प्रतिभाशाली गायिका मेनका पौडेल र चर्चित गायिका एन्जिला रेग्मीको बिभिन्न प्रस्तुतिहरू समेटिने छन । कार्यक्रमबाट उठेको रकमबाट खर्च कटाएर बाँकी रहेको सम्पुर्ण रकम महानायक राजेश हमालको रोहबरमा सम्बन्धित सस्थालाई पत्रकार सम्मेलनको आयोजना गरेर उपलब्ध गराईने छ । यो कार्यक्रमको परिकल्पना महानायक राजेश हमाल, चर्चित गायिका सुनिता दुलाल ,अष्ट्रेलियाबाट छत्र थापा र नेपालका सोम दुलालले गर्नु भएको थियो ।