फ्राईडे रिलिज : हलमा ‘आप्पा’ र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’

फ्राईडे रिलिज : हलमा ‘आप्पा’ र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नयाँ नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । अनमोल गुरुङ निर्देशीत सिनेमा ‘आप्पा’ र प्रदीप खड्गी निर्देशीत सिनेमा ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । कीर्तिपुर निर्माणको पाँच वर्ष पश्चात हलमा लाग्दैछ । भने, आजैबाट प्रदर्शनमा आएको अर्को सिनेमा आप्पालाई बिहिबार आयोजीत प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ । सिनेमा सार्वजनिक ट्रेलर, गीतसंगीतबाट चर्चामा रहेको छ । रिलिजको पूर्वसन्ध्यामा आयोजीत प्रिमियरबाट मिलेको सकारात्मक प्रतिक्रियाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।

फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो सिनेमा लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । सिनेमाको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

https://youtu.be/zMwTi1YpKCg

विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ सिनेमाका निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले सिनेमालाई मिलेर छायांकन गरेका हुन् । राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको सिनेमालाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देश्ँक खड्गी बताउँछन् । सेन्सर बोर्डले सिनेमालाई यूनिभर्सल सर्टि्फिकेट दिएको छ ।