उत्कृष्ट नतिजा सहित करिष्माले पास गरिन एसइइ

उत्कृष्ट नतिजा सहित करिष्माले पास गरिन एसइइ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सदाबहार अभिनेत्री करिश्मा मानन्धर बि प्लस जिपिए सहित एसइइ परिक्षामा उत्रिर्ण भएकी छन् । २०७५ सालको अन्तिममा उनले परिक्षा दिएकी थिइन् । सिनेमा अभिनयमा कहिल्यै असफलता नभोगेकी उनी एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्रिर्ण भएकी हुन् ।अभिनेत्री करिष्मा मानन्धर पछिल्लो समय अभिनय छोडेर राजनितिमा सक्रिय थिइन् । उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएर सक्रिय राजनिति थालेकी थिइन् । पार्टीमा सक्रिय रहँदै गर्दा उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट अध्ययन सुरु गरेकी थिइन् । एसइइ परिक्षा उत्रिर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ ।

हालै बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबीच पार्टी एकता भएसँगै करिश्माले थपडी बजाउनलाई मात्रै राजनिति नगर्ने भन्दै पार्टी परित्याग गरेकी थिइन् । उनी तत्काल कुनैपनि पार्टीमा आबद्ध भएर राजनिति गर्ने सोचमा नरहेको बताउँछिन् । एसइइमा राम्रो अंक पाएकी उनले प्लस टुमा व्यवस्थापन बिषय लिएर पढ्ने बताएकी छन् । एसइइ पास हुँदा उनी निकै खुसी छिन् ।