रेड कार्पेट प्रिमियरमा रुचाइयो ‘आप्पा’ (फोटो फिचर)

रेड कार्पेट प्रिमियरमा रुचाइयो ‘आप्पा’ (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘आप्पा’को बिहिबार राजधानी स्थित जय नेपाल हलमा ब्याण्ड बाजा सहित भव्य रेड कार्पेट प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा सिनेमा हेरर बाहिरिदै गर्दा अधिकांश सिनेमाकर्मी र पत्रकारले आप्पालाई उत्कृष्ट दिएका थिए ।प्रिमियर शोमा सिनेमा हेर्न ‘आप्पा’ टिमका अलवा बरिष्ठ कलाकार सुनिल थापा, शिशिर वाङ्देल, निर्देशक रामबाबु गुरुङ, हेमराज बिसी, अपिल विष्ट, निर्माता अर्जुन कुमार, रोहित अधिकारी, समाजसेवी तथा हास्यकलाकार सिताराम कट्टेल, कलाकार विल्सन विक्रम राई, दयाहाङ राई, अभिनेत्री वर्षा राउत, मोडल अलिसा राई, र्यापर समिर घिसिङ भिटेन, गायक एड्रिन प्रधान, पूर्व मिस नेपाल श्रृङ्खला खतिवता लगायतको उपस्थीती रहेको थियो ।‘आप्पाले ब्यापार कस्तो गर्छ त भन्न सक्दिन तर एउटा मन छुने सिनेमा बने जस्तो लागेको छ’ दयाहाङले भने ‘यसले बाबु र छोराको कथालाई भनेको छ ।’ डेब्यु निर्देशक अनमोलले पनि सिनेमालाई विशुद्ध मनोरञ्जनको रुपमा लिन आग्रह गरे । ‘सिनेमामा हामीले एउटा कथा भनेका छौ तर शैली कमर्सियल छ’ उनले भने । दार्जि्िलङ देखी सन्दकपुर सम्मको यात्राको कथा रहेको सिनेमामा दयाले बिर्खे नाम गरेको एक ड्राईभरको भूमिका निर्वाह गरेका छन् ।अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ । सिनेमा सार्वजनिक ट्रेलर, गीतसंगीतबाट चर्चामा रहेको छ । रिलिजको पूर्वसन्ध्यामा आयोजीत प्रिमियरबाट मिलेको सकारात्मक प्रतिक्रियाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।