‘म यस्तो गीत गाउँछु २’ बन्ने, दोहोरिएला पल र पुजाको जोडी ?

‘म यस्तो गीत गाउँछु २’ बन्ने, दोहोरिएला पल र पुजाको जोडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सुदर्शन थापा अहिले ‘सम्हालिन्छ कहिले मन’को पोष्ट प्रोडक्सनमा व्यस्त छन् । यसै विच उनले नयाँ सिनेमा ‘म यस्तो गीत गाउँछु २’को निर्माण घोषणा गरेका छन् । यो सिनेमाको २ वर्ष पहिले निर्देशक थापाकै जन्मदिनको अवसर पारेर निर्माण घोषणा गरिएको थियो । तर, अब भने यो सिनेमा निर्माण हुने पक्का भएको छ । बुधबार निर्देशक थपाले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिनेमा निर्माण कार्य आरम्भ भएको जनाए ।अहिले पोष्ट प्रोडक्सनको काम भैरहेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’को केही प्रतिशत छायाँकन बाँकी छ । यसैले पनि सिनेमाको प्रदर्शन मिति तय हुन सकेको छैन । उनी अहिले सिनेमा ‘म यस्तो गीत गाउँछु २’को कथामा काम गरिरहेका छन् । यस्तै, सिनेमाको संगीतमा संगीतकार अर्जुन पोखरेलले काम गरिरहेका छन् ।

सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा नै ‘म यस्तो गीत गाउँछु २’ निर्माण हुने निर्देशक सुदर्शन थापाले बताए । उनले अगाडी भने ‘हामीले सिनेमा निर्माणको तयारी मात्र थालेका हौं ।’ सिनेमाको केही समय अगाडि अर्कै जोशमा घोषणा भएको थियो । तर, अब भने सिनेमा पुर्ण रुपमा फरक कथा र फरक कन्सेप्टमा निर्माण हुने भएकाले धेरै कुरा परिवर्तन हुन्छ ।

अहिले धेरै कुरा परिवर्तन हुने भएकाले सिनेमा ‘म यस्तो गीत गाउँछु’का मुख्य नायक पल शाह र नायिका पूजा शर्मा दोहोरिने वा नदोहोरिने बिषयमा केही पनि बोलेनन् ।