शिल्पा भन्छिन्,-‘सानो मनको कथावस्तु निकै प्रभावशाली छ’

शिल्पा भन्छिन्,-‘सानो मनको कथावस्तु निकै प्रभावशाली छ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सानो मन’ निर्माण यतिवेला प्रचार प्रसारको लागी मोफसल यात्रामा रहेको छ । सिनेमा निर्माण टिमले शुक्रबार चितवनका पत्रकारमाझ सिनेमाको विषयलाई लिएर अन्तक्र्रिाया गरेको छ । अभिनेत्री शिल्पा मास्के, अभिनेता सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धर सानो मन प्रचारको लागी चितवन पुगेका थिए ।अभिनेत्री मास्केले सिनेमाको लागी आफुले निकै मेहनत गरेको र सिनेमा दर्शकलाई मन पर्ने दावी गरिन् । पत्रकार भेटघाटमा अभिनेत्री शिल्पा मास्के आफु लण्डन बसेर विदेशी सिनेमामा समेत काम गरेको अनुभव सुनाउँदै नेपालमा नै केहि गर्छु भनेर नेपाल आएर नेपाली सिनेमामा अभिनय गरेको बताइन् । ‘सानो मन’को कथावस्तु निकै प्रभावशाली छ । त्यसैले मैले यो सिनेमामा काम गरेको हुँ ।

सिनेमाका निर्माता राजेन्द्र मानन्धरले ‘सानो मन’को कथा मन परेर लगानी गरेको बताए । चितवनमा पत्रकार भेटघाट सकिए लगतै सिनेमा निर्माण यूनिट पोखरा पुगेको थियो । पोखरामा पनि पत्रकारहरुसँग भेटघाट गर्दै सिनेमाको बारेमा जानकारी गराईएको थियो ।सुयोग गुरुङ्गको निर्देशनमा बनेको ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमा ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । निर्माताहरू योगेश गुरुङ्ग, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको हो । यो सिनेमालाई आलोक शूक्लाले छायांकन गरेका हुन् ।