‘लप्पन छप्पन २’मा एक्सन किंग शिव श्रेष्ठको प्रवेश

‘लप्पन छप्पन २’मा एक्सन किंग शिव श्रेष्ठको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आजबाट फ्लोमा गएको सिनेमा ‘लप्पन छप्पन २’मा एक्सन किंग शिव श्रेष्ठको प्रवेश भएको छ । फ्लोरमा जानु एकदिन अघिमात्रै निर्माण टिमले उनलाई सिनेमामा अनुबन्धित गरेको हो । निर्देशक मुकुन्द भट्टका अनुसार शिवले सिनेमामा अभिनेता सौगात मल्लको पिताको भुमिका निवार्ह गर्नेछन् । अभिनेता शिव श्रेष्ठ केहीदिन पहिले ‘प्रेमगीत ३’मा समेत अनुबन्धित भएका थिए । एक्सन जनरामा निर्माण हुने ‘लप्पन छप्पन २’लाई महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते रिलिजको घोषणा पनि गरिएको छ ।मुकुन्द भट्टले निर्देशन गर्ने सिनेमामा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, राजु लामा, देवु श्रेष्ठ, सुरविना कार्की, सिर्जना सिना, सन्नी ढकाल र फाजिल अहमदको पनि अभिनय रहनेछ । छायाँकार पुरुषोत्तम प्रधानले खिच्ने सिनेमाको छायाँकन नेपालसँगै अस्ट्रेलिया र युरोपका विभिन्न देशमा गरिनेछ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा सिनेमालाई चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटी मिलेर निर्माण गर्नेछन् । प्रकास कुँवर र निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको सिनेमाको सह(निर्मातामा उमेश पोखरेल, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना छन् । सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।