शिवहरीको निर्देशनमा ‘लक्का जवान’ बन्ने

शिवहरीको निर्देशनमा ‘लक्का जवान’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बरिष्ठ हास्य कलाकार शिवहरी पौडेलको निर्देशनमा ‘लक्का जवान’ निर्माण हुने भएको छ । यो सिनेमाको आइतबार हाँस्य कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर गरिएको हो । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने पारिवारिक तथा कमेडी कथामा आधारित हुनेछ । केही हाँस्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू निर्देशकिय सिनेमा हो ।ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने सिनेमामा सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल हुन् । ‘सिनेमालाई हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण गर्दैछौ ’ निर्देशक पौडेलले बताए । यसै सिनेमा मार्फत अभिनेता दीलिप रायमाझीको छोरीले डेब्यु गर्ने चर्चा भएता पनि फाइनल नभएको निर्देशक पौडेलको भनाई छ ।