आईफा अवार्डबारे सञ्चारमन्त्री बाँस्कोटा भने, सरकारले पैसा दिने निर्णय गरेको छैन

आईफा अवार्डबारे सञ्चारमन्त्री बाँस्कोटा भने, सरकारले पैसा दिने निर्णय गरेको छैन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –सरकारले ‘इन्टरनेशनल इन्डियन  फिल्म एकेडेमी (आईफा) एवार्डका लागि अनुमति दिएको तर बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले भने, ‘आइफा अवार्डलाई सरकारले १ रुपैयाँ पनि दिने निर्णय गरेको छैन ।

प्रवक्ता  बास्कोटाले सरकारले एक अर्ब रुपैयाँ दिने कुरा आफ्नो कानले समेत नसुनेको बताए । थाहा नभएको कुरा धेरै बोल्नु हुँदैन, उनले थपे, ‘सरकारले पैसा दिएको छैन, दिने निर्णय पनि गरेको छैन ।’

हामिलाई कसैले अनुमती मागेको थियो, स्विकृती दिने भनेका हौं, उनले थपे । काठमाण्डौंमा सोमवार चलचित्र विकास बोर्डको  स्थापनाको १९ औं बार्षिकोत्सवमा बोल्दै उनले भने, ‘हामिले यति रकम दिने, उति दिने भनेर हल्ला भएको छ । कहिँ कतै एक सुको दिने भनेका छौं ? प्रमाण के छ ?

नेपालमा आइफा अवार्ड भएको खण्डमा काठमाण्डौं महानगरपालि र सरकारले सक्ने किसिमको सहयोग गरेपनि आर्थिक विषयमा पनि सहयोग गर्दैछ भन्ने अनावश्यक हल्ला नफैलाउन  सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आग्रह समेत गरे । निजी क्षेत्रको सहकार्यमा हुने सो अवार्ड आयोजनाका लागि १ अर्ब बजेट दिन लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले पहिलोपटक मुख खोलेको हो ।