दिपेन्द्रले निर्देशन गर्ने नयाँ सिनेमा ‘आमा’को छायाँकन सुरु

दिपेन्द्रले निर्देशन गर्ने नयाँ सिनेमा ‘आमा’को छायाँकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘आमा’को छायाँकन सुरु भएको छ । सोमबार पशुपती नाथ मन्दिर परिसरमा सिनेमाको शुभमुर्हत गर्दै छायाँकन थालिएको निर्देशक खनालले बताए । आगामी फागुन ९ गतेलाई प्रदर्शन मिति तय गरिएको सिनेमाको सम्पुर्ण छायाँकन काठमाडौं र रामेछापमा गरिनेछ ।डिएस डिजिटलको व्यानरमा शर्मिला पाण्डेको लगानीमा निर्माण हुने सिनेमाका सह-निर्माता सन्तोष अधिकारी हुन् । नेपालमा बनेको पहिलो सिनेमा ‘आमा’ नाम सापटी लिएर तेस्रो पटक सिनेमा निर्माण हुने भएको छ । ‘आमा’ नाममा हीरासिंह खत्रीले वि.सं. २०२० मा सिनेमा निर्माण गरेका थिए । यसपछि २०५१ सालमा रेसराज आचार्यले पनि ‘आमा’ नाममा सिनेमा निर्माण गरे ।

अब तेस्रो पटक दीपेन्द्र के. खनालले ‘आमा’ नाममा सिनेमा निर्माण गर्न लागेका हुन् । सिनेमाको छायांकन निर्देशक खनाल आफैंले गर्दैछन् । कथा, पटकथा तथा संवाद निर्देशक स्वयंमले लेखेका हुन् । ‘आमा’ले एक आमा र छोरीको सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । सिनेमामा आमाको क्यारेक्टरमा सुर्यमाला खनालले निवार्ह गर्ने्छिन् । ‘आमा’मा छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्तले निवार्ह गर्ने भएकी छन् ।भुपेन्द्र खड्काले सिनेमामा गीत लेखेका छन् । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार पनि अभिनय रहने छ । निर्देशक खनालले दर्शक र समीक्षक दुबैलाई मनपर्ने सिनेमा निर्माण गर्ने प्रतिवद्धता घोषणा कार्यक्रममा व्यक्त गरेका थिए । निर्देशकका अनुसार आमा यसअघि बनेका सिनेमा भन्दा फरक कथामा निर्माण हुनेछ ।