‘कबिर सिंह’को मारमा परेको आयुष्मान स्टारर ‘आर्टिकल १५’को सुखद सुरुवात

‘कबिर सिंह’को मारमा परेको आयुष्मान स्टारर ‘आर्टिकल १५’को सुखद सुरुवात

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहिद कपुरको मुख्य भुमिका रहेको सिनेमा ‘कबिर सिंह’को दवदवा बक्सअफिसमा कायमै रहेको छ । यो सिनेमाले पहिलो र दोस्रो साता गरि बक्सफिसमा १ सय ८१ करोड माथी व्यापार गरिसकेको छ । यस्तै, ‘कबिर सिंह’को मारमा परेको आयुष्मान खुर्राना स्टारर सिनेमा ’आर्टिकल १५’ले वक्सअफिसमा सुखद सुरूवात गरेको छ । सिनेमाले बक्सअफिस तथा समिक्षा दुबैतर्फ सुखद सुरूवात गरेको हो ।

सिनेमाले रिलिजको पहिलो दिन ५.०२ करोड भारू कमाइ गरेको थियो । दोश्रो दिन त्यो कमाई बढेर ७.५० करोड भारू पुगेको छ । भने, तस्रो दिन आइतबार परेको विदाको फाइदा सिनेमालाई खासै भएन । तेस्रो दिन सिनेमाले बक्सअफिसमा ७.७७ करोड भारु कमाई गरेको छ । सिनेमाले पहिलो विकेण्डमा २०.०४ करोड भारु कमाउन सफल भएको छ । १८ करोडको लागतमा बनेको सिनेमाले पहिलो विकेण्ड मै लगानी उठाएर नाफा दिने बाटोमा लागेको छ ।

‘आर्टिकल १५’ सन् २०१४ मा भारतको उत्तर प्रदेश राज्यको बदायुंमा दुई दलित नाबालिक बालिकाको सामुहिक बलात्कारपछि गरिएको हत्यामा आधारित छ । सिनेमामा आयुष्मानलाई प्रहरी अधिकारीको भूमिकामा देख्न सकिन्छ । सिनेमाले भारतको संविधानमा समताको अधिकार लेखिएको भएपनि कसरी त्यसको कार्यान्वयन हुन सकेको छैन भन्ने कुरालाई उठान गरेको छ । सिनेमालाई अनुभव सिन्हाले निर्देशन गरेका हुन् । ‘आर्टिकल १५’मा आयुष्मानका अलावा इशा तलवार, एम नास्सर, मनोज पहवा, शयानी गुप्ता, कुमुद मिश्रा तथा मुहम्मद जीशान अयूबको मुख्य भूमिका रहेको छ ।